• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ ★   बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे ★   अफ्रिकामा अझै निर्मूल भएन मलेरिया, जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै ★   चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष ★   मायाको पहिचानको अर्को सफलता: समलिङ्गी तेस्रोलिंगीले प्रत्येक वडा विवाह दर्ता गर्न पाउने ★   चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन ★   श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै ★   ओलीसँग भिडेकै कारण मलाई गोदावरीमा निषेध गरियो: भीम रावल ★   उप—निर्वाचनको सुरक्षा तयारी पूरा ★   कर्णालीका मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने

तयार हुनुहोस् बाबु नानीलाई पोलियो थोपा खुवाउन



वीरगन्ज, ५ पुस –

राष्ट्रिय पोलियो खोप अभियानअन्तर्गत पहिलो चरणमा यही पुस ६ र ७ गते जिल्लाभरिका पाच वर्षमुनिका बालबालिकालाई पोलियोको थोपा खुवाइँदैछ । दोस्रो चरणमा माघ ११ र १२ गते पोलियोको थोपा खुवाइने कार्यक्रम रहेको छ ।यस वर्षको राष्ट्रिय पोलियो खोप अभियानलाई भव्यताका साथ सफल पार्न पर्सामा आवश्यक सम्पूर्ण गृहकार्य पूरा भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

 

 

 

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार, पर्सामा जन्मेदेखि पाच वर्षमुनिका झन्डै एक लाख २३ हजार ३८६ जना बालबालिकालाई पोलियो थोपा खुवाइने लक्ष्य राखेको छ ‘नजिकको खोप केन्द्रमा लगी पोलियो थोपा खुवाऔँ, पोलियो सदाका लागि भगाऔँ’ भन्ने मूल नाराका साथ भोलि सुरु हुने यो अभियानका लागि जिल्लाभर ८७२ वटा बुथ कायम गरिएको छ । यस कार्यका लागि १७५ जना स्वास्थ्यकर्मी र एक हजार ७४४ जना स्वयम्सेवक परिचालन गरिएको छ ।

 

 

 

बयासी गाविस र एक वीरगन्ज उपमहानगरपालिका रहेको पर्सामा पोलियो थोपा खुवाउने दिन जिल्ला जनस्वास्थ्य कार्यालयले नेपाल–भारत सीमा नाकामा समेत खोप केन्द्र स्थापना गरी बालबालिकालाई पोलियो थोपा खुवाउने व्यवस्था मिलाएको छ ।पोलियो खोप अभियानको प्रभावकारिताका लागि जिल्ला खोप अभियान समितिका अध्यक्ष एवम् पर्साका स्थानीय विकास अधिकारी गजेन्द्रकुमार ठाकुरको संयोजकत्वमा सात सदस्यीय अनुगमन तथा मूल्याङ्कन समिति गठन गरिएको छ ।