• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल ★   मुम्बई लगातार दुई खेलमा पराजित भएपछि कप्तान पाण्ड्याको आलोचना ★   एमडीएमएस खरिद प्रकरण: दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा दायर ★   प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट: रिपोर्ट ★   नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि ★   हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान ★   स्वरोजगार महिलालाई उपमहानगरको सम्मान ★   राष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणा

तयार हुनुहोस् बाबु नानीलाई पोलियो थोपा खुवाउन



वीरगन्ज, ५ पुस –

राष्ट्रिय पोलियो खोप अभियानअन्तर्गत पहिलो चरणमा यही पुस ६ र ७ गते जिल्लाभरिका पाच वर्षमुनिका बालबालिकालाई पोलियोको थोपा खुवाइँदैछ । दोस्रो चरणमा माघ ११ र १२ गते पोलियोको थोपा खुवाइने कार्यक्रम रहेको छ ।यस वर्षको राष्ट्रिय पोलियो खोप अभियानलाई भव्यताका साथ सफल पार्न पर्सामा आवश्यक सम्पूर्ण गृहकार्य पूरा भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

 

 

 

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार, पर्सामा जन्मेदेखि पाच वर्षमुनिका झन्डै एक लाख २३ हजार ३८६ जना बालबालिकालाई पोलियो थोपा खुवाइने लक्ष्य राखेको छ ‘नजिकको खोप केन्द्रमा लगी पोलियो थोपा खुवाऔँ, पोलियो सदाका लागि भगाऔँ’ भन्ने मूल नाराका साथ भोलि सुरु हुने यो अभियानका लागि जिल्लाभर ८७२ वटा बुथ कायम गरिएको छ । यस कार्यका लागि १७५ जना स्वास्थ्यकर्मी र एक हजार ७४४ जना स्वयम्सेवक परिचालन गरिएको छ ।

 

 

 

बयासी गाविस र एक वीरगन्ज उपमहानगरपालिका रहेको पर्सामा पोलियो थोपा खुवाउने दिन जिल्ला जनस्वास्थ्य कार्यालयले नेपाल–भारत सीमा नाकामा समेत खोप केन्द्र स्थापना गरी बालबालिकालाई पोलियो थोपा खुवाउने व्यवस्था मिलाएको छ ।पोलियो खोप अभियानको प्रभावकारिताका लागि जिल्ला खोप अभियान समितिका अध्यक्ष एवम् पर्साका स्थानीय विकास अधिकारी गजेन्द्रकुमार ठाकुरको संयोजकत्वमा सात सदस्यीय अनुगमन तथा मूल्याङ्कन समिति गठन गरिएको छ ।