• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

सरुभक्तलाई ‘साहित्य परिवार सम्मान’



साहित्यकार सरुभक्तलाई ‘साहित्य परिवार सम्मान’ द्वारा सम्मान गरिएको छ । साहित्य परिवार नेपाल मेडिकल कलेज प्रालिको नबौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सो कलेजका अध्यक्ष डा भोला रिजालले उहाँलाई रु १० हजारसहित ताम्रपत्रद्वारा सम्मान गर्नुभयो ।

 

कार्यक्रममा सुधा बस्नेतको कथासङ्ग्रह ‘मायालु पीडाहरू’ र गीतिसङ्ग्रह ‘छायाँसँगै हिँड्छु म त’ को डा भोला रिजाल, डा शेखरबाबु रिजाल, डा अन्जन रिजाल, ज्ञानुवाकर पौडेल, कथाकार किशोर पहाडी र वियोगी बुढाथोकीले संयुक्तरुपमा विमोचन गर्नुभएको थियो । डा रिजालले राजधानीका मात्र नभई राजधानीबाहिरका श्रष्टाको साहित्यिक योगदानको कदर गर्न कलेजले विविध कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।