• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   म्याक्सवेलले आईपीएलको बीचमा लिए ब्रेक, भने: मानसिक रूपमा तयार भएर फर्किन्छु ★   धार्मिक पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले सहकार्य गर्छ: अध्यक्ष ढकाल ★   गणेशको राष्ट्रिय कीर्तिमान ★   सरकारी प्रकरण- गृहमन्त्री लामिछानेलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास: रमेश खरेल ★   नेप्से परिसूचक आज पनि ओरालो लाग्यो ★   कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी माथि कानुनी कारवाही अगाडि बढाउन सरकार… ★   पोखरामा वृक्षरोपण क्षेत्रको पहिचान, दुई लाखभन्दा बढी बिरुवा रोपिने ★   धूमपान र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगञ्ज ★   झुलाघाट नाका बन्द ★   प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द

चलचित्र ‘सुनगाभा’ ओस्कारबाट बाहिरियो



काठमाडौं, ७ पुस ।

उत्कृष्ट विदेशी भाषा अर्न्तगत नेपालबाट सिफारिस भएको चलचित्र ‘सुनगाभा’ ओस्कारबाट बाहिरिएको छ । ओस्कर आयोजक द एकेडेमी मोसन पिक्चर्स आर्टस् एण्ड साइन्सले निकालेको अन्तिम सूचीमा चलचित्र सुनगाभा समावेश छैन ।

सुवर्ण थापाले निर्देशन गरेको चलचित्र‘सुनगाभा’मा अभिनेत्री निशा अधिकारी र दिया मास्केले समलिङ्गी युवतीको भूमिका निर्वाह गरेका थिए । ओस्करमा प्रतिनिधित्व गर्ने नेपाली फिल्म छान्न नेपाली चलचित्रकर्मी बिच ठुलै बिबाद भएको थियो । विशेषतः ‘बधशाला’ र ‘शिरिषको फूल’ यूनिटले ओस्कार पठाइने नेपाली चलचित्र छान्ने प्रक्रिया पारदर्शी नभएको भन्दै ओस्कर छनोट समिति विरुद्ध अदालतमा मुद्धा समेत दायर गर्ने धम्की दिएका थिए ।