• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

चलचित्र ‘सुनगाभा’ ओस्कारबाट बाहिरियो



काठमाडौं, ७ पुस ।

उत्कृष्ट विदेशी भाषा अर्न्तगत नेपालबाट सिफारिस भएको चलचित्र ‘सुनगाभा’ ओस्कारबाट बाहिरिएको छ । ओस्कर आयोजक द एकेडेमी मोसन पिक्चर्स आर्टस् एण्ड साइन्सले निकालेको अन्तिम सूचीमा चलचित्र सुनगाभा समावेश छैन ।

सुवर्ण थापाले निर्देशन गरेको चलचित्र‘सुनगाभा’मा अभिनेत्री निशा अधिकारी र दिया मास्केले समलिङ्गी युवतीको भूमिका निर्वाह गरेका थिए । ओस्करमा प्रतिनिधित्व गर्ने नेपाली फिल्म छान्न नेपाली चलचित्रकर्मी बिच ठुलै बिबाद भएको थियो । विशेषतः ‘बधशाला’ र ‘शिरिषको फूल’ यूनिटले ओस्कार पठाइने नेपाली चलचित्र छान्ने प्रक्रिया पारदर्शी नभएको भन्दै ओस्कर छनोट समिति विरुद्ध अदालतमा मुद्धा समेत दायर गर्ने धम्की दिएका थिए ।