• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ ★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल ★   कोहली भर्सेस स्टार्कः दुबैलाई एक–अर्काको चिन्ता ★   राजस्थानलाई जिताउने पराग ज्वरो आएर तीन दिन विस्तारामा सुतेका थिए, पेनकिलर खाएर खेले ★   जुगल हिमाल आरोहणको अन्तिम तयारीमा ★   सूर्यग्रहणका कारण यस दिन सडक दुर्घटना बढ्ने, वैज्ञानिकले किन दिए यस्तो चेतावनी ? ★   इलाम-२ उपनिर्वाचन: रास्वपा सभापति लामिछाने इलाम जाँदै

‘मिस नर्स नेपाल२०७०’को अडिसन सम्पन्न



काठमाण्डौ, ८ पुस ।

‘मिस नर्स नेपाल २०७०’ को अडिसन काठमाण्डौंमा सम्पन्न भएको छ । ‘नेक्स्ट मोडल नेपाल’को आयोजना र स्वास्थ्य खबरपत्रिकाको सहकार्यमा हुन लागेको  ‘मिस नर्स नेपाल २०७०’ माघ ११ गते काठमाण्डौंमा हुने  छ । अडिसनको पहिलो चरणमा काठमाण्डौमा ३५ जना सुन्दरी नर्सहरुले भाग लिएको आयोजक नेष्ट मोडल नेपालका प्रमुख रवि धमलाले बताए । देशभरबाट छनौट भएका ३० जना नर्सहरु बिच अन्तिम प्रतिस्पर्धा हुनेछ । नर्सहरुलाई पेशाप्रति थप जिम्मेवार, समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउन मिस नर्स नेपालको आयोजना गर्न लागिएको स्वास्थ्य खबरपत्रिकाका बजार निर्देशक बुद्धि कटेलले बताए ।

देशका प्रमुख शहरमा गरिने अडिसनबाट छनौट भएका ३० उत्कृष्ट प्रतियोगिबीच अन्तिम प्रतिष्पर्धा गराएर मुख्य उपाधी सहित १२ विभिन्न विधामा पुरस्कृत गरिनेछ । प्रतियोगितामा टाईटल उपाधी सहित, मिस ब्यूटिफुल, बेस्ट स्माईल, मोष्ट डिसिप्लेन, बेष्ट हेयर, बेस्ट स्कीन, बेष्ट पर्सनालिटी, मोष्ट चार्मिङ, मिस फोटोजेनिक, मोष्ट ट्यालेन्ट, बेष्ट ड्रेस, मिस क्याटवाक र मोष्ट पपुलर विधामा पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको उपाधि विजेताले ५० हजार नगदसहित नेपाल र अष्ट्रेलियामा अध्ययन छात्रवृत्ति पाउनेछन् ।