• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo

हात्ती दौडको तयारीसँगै सौराहा सिगारियो



चितवन, ८ पुस । चितवनको पर्यटकीय नगरी सौराहामा हुने चितवन हात्ती महोत्सव अन्तर्गतको दशौं अन्तर्राष्ट्रिय हात्ती दौडको तयारी सँगै सौराहा नगरीलाई सिगारिएको छ । अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमस पारेर आयोजना गरिने प्रतियोगितामा स्वदेशी एवं विदेशी पर्यटकहरुलाई लक्षित गरि विभिन्न धोजा पतकाले, स्वागत गेट, रङरोगन र विशेष प्रकारले सौराहालाई सिंगारिएको हो ।
प्रतियोगिता हुने स्थल बाघमारा मध्यवर्ती सामुदायिक वनको खुल्ला चौर सरसफाईदेखि होटल एवं रेष्टुराँको स्तर वृद्धिमा समेत यहाँका व्यवसायीहरु तल्लीन भएको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष नारायण भटराईले जानकारी दिए । दसौं हात्ती महोत्सव सुरु हुन केही दिन मात्र बाँकी रहँदा प्रतियोगिताको सबै तयारी पुरा भएको महोत्सवका मुल समिति संयोजक ज्ञानेन्द्रकुमार विष्टले बताए ।

हात्ती दौड मनोरञ्जनात्मक खेल भए पनि चितवन क्षेत्रको पर्यटन प्रबद्र्धन र जंगली जनावरको संरक्षणमा हात्ती महोत्सवले सहयोग पु¥याउँदै आएको छ । महोत्सव चितवनका पर्यटन व्यवसायीहरुका लागि महत्वपूर्ण पर्व जस्तै बनेको छ । महोत्सवको मूख्य आकर्षण हात्ती दौड र हात्ती फुटबल हो । पुस ११ गते देखि शुरु हुने महोत्सव ५ दिनसम्म चल्नेछ ।