• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

फाल्गुन १६मा आउने भयो ‘तोरी लाहुरे’



काठमाडौं, ९ पुस । 

एक्सन तथा कमेडी चलचित्र ‘तोरी लाहुरे’ले रिलिज मिति तय गरेको छ । बेरोजगार युवाको समस्यालाई मुख्य बिषय बनाईएको यो चलचित्र आगामी फाल्गुन १६ गते रिलिज हुने बताईएको छ । द्धन्दनिर्देशक एनबी महर्जनले निर्देशन गरेको यस चलचित्रमा सुवास थापा, गजित बिष्ट, अशिष्मा नकर्मी, समुना केसी, रोहित रूम्बा, दिनेश डिसी लगायतको अभिनय छ ।

 

यो चलचित्रलाई रिदम एण्ड दिलिप फिल्मसको ब्यानरमा दिल कुमार तामाङ ‘वाले’ र रोशिफ तामाङले निर्माण गरेका हुन् । कृष्ण आचार्यले चलचित्रको कथा लेखेका हुन् भने छायाँकन निरज कँडेलले गरेका हुन् । चलचित्रमा सन्तोष राजको संगीत, सुरेन्द्र पौडेलको सम्पादन, शंकर महर्जनको द्धन्दनिर्देशन तथा गम्भिर बिष्टको नृत्यनिर्देशन रहेको छ ।