• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   प्लास्टिक सर्जरीको अवस्था र सुरक्षित अभ्यासबारे गोष्ठी हुँदै ★   कतारका राजा काठमाडौँमा, राष्ट्रपतिबाट स्वागत ★   कतारका राजा काठमाडौँमा ★   ६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान ★   नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन: मन्त्री भण्डारी ★   रिसाएकी पत्नीलाई कसरी फकाउने ? ★   हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, लगानी सम्मेलनलाई सहयोग पुग्ने अपेक्षा ★   कतारका राजालाई स्वागत गर्दै लिङ्देनको प्रतिक्रिया – ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’ ★   सरकारले व्यवसायीको हकहतिमा काम गर्नुपर्छ : सांसद डा शर्मा ★   राजस्थान रोयल्ससँगको लज्जास्पद हारपछि के भने हार्दिक पाण्ड्याले ?

फाल्गुन १६मा आउने भयो ‘तोरी लाहुरे’



काठमाडौं, ९ पुस । 

एक्सन तथा कमेडी चलचित्र ‘तोरी लाहुरे’ले रिलिज मिति तय गरेको छ । बेरोजगार युवाको समस्यालाई मुख्य बिषय बनाईएको यो चलचित्र आगामी फाल्गुन १६ गते रिलिज हुने बताईएको छ । द्धन्दनिर्देशक एनबी महर्जनले निर्देशन गरेको यस चलचित्रमा सुवास थापा, गजित बिष्ट, अशिष्मा नकर्मी, समुना केसी, रोहित रूम्बा, दिनेश डिसी लगायतको अभिनय छ ।

 

यो चलचित्रलाई रिदम एण्ड दिलिप फिल्मसको ब्यानरमा दिल कुमार तामाङ ‘वाले’ र रोशिफ तामाङले निर्माण गरेका हुन् । कृष्ण आचार्यले चलचित्रको कथा लेखेका हुन् भने छायाँकन निरज कँडेलले गरेका हुन् । चलचित्रमा सन्तोष राजको संगीत, सुरेन्द्र पौडेलको सम्पादन, शंकर महर्जनको द्धन्दनिर्देशन तथा गम्भिर बिष्टको नृत्यनिर्देशन रहेको छ ।