• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासंघको चेतावनी ★   हार्दिक पाण्ड्यालाई १२ लाख जरिवाना ★   रोहित शर्मा २५० आईपीएल खेल खेल्ने दोस्रो खेलाडी ★   प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट ★   कोशी प्रदेशको राजनीति झन् पेचिलो ★   सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना: ३ जनाको मृत्यु, ३२ घाइते ★   सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ जना घाइते (अपडेट) ★   संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर ★   बागमती, गण्डकी र कर्णालीमा आज हल्का पानी पर्ने ★   भारतमा पहिलो चरणमा १ सय २ लोकसभा सदस्यका लागि आज चुनाव

मिसेस युनिभर्स विजेता नेपाल आउने



नेपालको बहुचर्चित र पहिलो नम्बरको इभेन्ट म्यानेजमेन्ट संस्था इप्लानेटले आयोजना गर्ने मिसेज नेपालको तेस्रो संस्करणमा मिसेस युनिभर्स विजेता क्यारोल लि मिसेज नेपाल युनिभर्स विजेतालाई ताज पहि¥याउन नेपाल आउने भएकी छिन । मिसेज युनिभर्सका लागि नेपाल निर्देशक तथा संस्थाका अध्यक्ष सन्तोष सापकोटाको अनुरोधलाई स्वीकार्दै मिसेज युनिभर्स नेपालको छनौंट चरणको अन्तिम प्रतिष्पर्धाका लागि आगामी फेब्रुअरी २० मा ३ दिनका लागि नेपाल आउँदैछिन् । उक्त तीन दिने नेपाल बसाइमा उनले रक्षा नेपालमा आश्रित बालबालिकालाई भेट्ने छिन् भने मिसेज नेपालका प्रतिष्पर्धीलाई एक घण्टाको घरेलु हिंसाविरुद्धको लागि प्रशिक्षण दिनेछिन् । उनी वर्ष २०१३ का लागि घरेलु हिंसाविरुद्धका लागि विश्व सद्भावना दुतसमेत रहेकी छन् । प्रतियोगिताका लागि क्षेत्रीयस्तरका विजेताको पनि उपस्थिति हुनेछ ।

क्यारोलले मिस युनिभर्स २०१३ मा शीर्ष उपाधिसहित मिस पपुलर स्पेसल अवार्ड जितेकी थिईन् । यो बाहेक उनी मिसेस मलेशिया युनिभर्स २०१३, पूर्व मिस मलेशिया, पार्क रोयल होटल इम्प्लोयी आफ द इयर १९९३, पार्करोयल होटल सेन्ट्रक (अवार्ड फर कर्टसी १९९३ जस्ता विजेता र सम्मानबाट सम्मानित भइसकेकी छिन् । उनी अंग प्रत्यारोपण अभियान २००० मा पनि सरिक भएकी थिईन् । यो कार्यक्रमलाई मलेशियन बुक अफ रेकर्डस्मा समेत सूचीकृत गरिएको छ । जसमा १ हजा ५ सय ८५ जनाले अंग प्रत्यारोपण गरेका थिए ।

इप्लानेट नेपालले सौन्दर्य प्रतियोगिताको इतिहासमा आफ्ना हरेक कार्यक्रममा नयाँ प्रयोग अपनाउँदै हरेक पटक केही न केही नेपालमै पहिलो पटक भनेर आयाम थप्दै आएको छ । २०११ मा मुभि हाउसको भगिनी संस्थाको रुपमा स्थापीत संस्थाले अमेरिकामा बसोबास गर्ने नेपालीलाई लक्षित गरी मिस नेपाल युएसएको प्रारम्भ गरेको थियो । जुन नेपाली संस्थाले अन्तराष्ट्रिय जगतमा आयोजना भएको पहिलो कार्यक्रम थियो र निरन्तर तेस्रो संस्करण सम्पन्न गरिसकेको छ । त्यसैगरी २०१२ मा एउटै स्टेजमा चार कार्यक्रम लिटिल मिस नेपाल, मिस टिन, मिस इन्टरनेशनल तथा मिसेज नेपालको सफल व्यवस्थापन तथा आयोजनागर्न सफल भएको थियो । उक्त कार्यक्रम पनि नेपालमा पहिलोपटक सम्पन्न भएको थियो । यो चारवटा कार्यक्रमले यो वर्ष पनि निरन्तरता पाउँदैछ । जसका लागि आवेदन फाराम खुल्ला गरिएको छ । त्यस्तै २०१३ मा अन्तराष्ट्रिय विधामा मुख्य विधासहित अन्य ५ उपाधि नेपालमा सौन्दर्य प्रतियोगिताको इतिहासमा ६ उपाधि नेपाल ल्याउन सफल भई चर्चाको शिखर चुमेको थियो जस अन्तर्गत ‘चिल्ड्रेन अफ द युनिभर्स’ मा
सहभागिता जनाउन पठाएका ४ प्रतियोगीमध्ये रोजा पाण्डेले शिर्ष उपाधिसहित ‘पर्सनालिटी’, पराग काफले ‘ट्यालेन्ट अवार्ड’ तथा अनिसा थापाले ‘स्टार फष्ट रनरअप’ र दिव्यश्वरी भट्टराईले ‘सुपर ग्रेस फष्ट रनरअप अर्वाड’ जितेका थिए । त्यस्तै अमेरिकाको अरुबामा भएको ‘मिसेस युनिभर्स २०१३’ मा सहभागी नेपाली प्रतियोगि ४४ वर्षीया मिना घिमिरेले ४० प्रतियोगीमा ३० लाई पछि पारेर उत्कृष्ट १० मा पर्नसफल हुदै ‘मिसेस इन्टेलिजेन्ट’ विधाको उपाधि अवार्ड चुमेकी हुन भने चीनको सेन्जेन शहरमा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस ग्लोब २०१३ मा विभिन्न देशका ६२ सुन्दरीसँगको स्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी रजनी थापाले मिस फिलेन्थ्रोपी विधाको अवार्र्ड जितेकी हुन्।, यस अघि सम्पन्न मिस इन्टरनेशनल विजेता ओशिका न्यौपानेले जर्मनीमा सम्पन्न ४२ औं संस्करण मिस इन्टरकन्टिनेन्टलमा सहभागिता जनाएकी थिइन ।

संस्थाले आफ्नो कार्यक्रमको आयोजनामा मात्र नगरी नेपालका ठूला कार्यक्रमको कुशल व्यवस्थापन गरी सफल कार्यक्रम व्यवस्थापकको परिचयसमेत बनाइसकेको छ । नेपाल टेलिभिजनको एनटीभी नाइट, शुभारम्भ साँझ, ह्याण्डसम नेपाल, जोय पपाया सन ग्ल्याम हण्ट जस्ता ठूला प्रतियोगिताको कुशल व्यवस्थापन गरिसकेको छ ।

संस्थाले यस वर्षको फेब्रुअरीमा चार हप्ता लगातार कार्यक्रम गरी अर्को इतिहास रच्ने तयारी गर्दैछ । यो पटक कार्यक्रममा नयाँ प्रयोग गर्न लागिएको छ । जस अन्तर्गत नेपालमा हुँदै आएका करिब दुई सय सौन्दर्य प्रतियोगितालाई चुनौति दिँदै पृथक ढंगले केही नयाँ र पृथक प्रस्तुतिको तयारी गर्दैछ ।