• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठायौँ: सभामुख घिमिरे ★   चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल ★   सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ३० हजार पुग्यो ★   व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय ★   आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री ★   प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न गृहमन्त्रालयले बनायो छानविन समिति ★   दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा ★   पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला ★   अझै तीन दिन पानी पर्ने, आज चट्याङको सम्भावना ★   शुक्रबार सन्तोषी माता, वैभवलक्ष्मी र शुक्र भगवानको पूजा–आराधना गर्नुहोस्

फेसबुकमा माओवादी नेताहरुको जुहारी



काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइ सामाजिक सञ्जालमा नयाँ नयाँ विचार ल्याउनेमा पर्छन् । १९ डिसेम्बरमा उनले लोकतन्त्रको नयाँ मोडेल भन्दै छ वटा अवधारणा ल्याए । यो अवधारणा पाँच सय भन्दा बढि सेयर भयो भने एक हजार छ सय भन्दा बढिले यसमा आफ्नो टिप्पणी राखे, झण्डै नौ हजार जनाले यसमा लाइक गरे । एउटै ब्यक्ति दुइ कार्यकाल भन्दा बढि पार्टीमा र राज्यको कार्यकारी पदमा रहन नहुने लगायतका भट्टराइका ती अवधारणामा सकारात्मक र नकारात्मक दुबै खाले टिप्पणीहरु आए । भट्टराइकै अवधारणा माथि एकीकृत माओवादीका युवा नेता तथा पूर्व माओवादीसेना कमाण्डर सरल सहयात्री पौडेलले सम्बोधन सहित छ बुँदाका विरुद्ध सात बुँदाका कडा जवाफ फेसबुक मार्फत नै फर्काए । भट्टराइको यो अवधारणा पछि सार्बजनीक भएका टिका टिप्पणी र अन्य ठाउँमा भएका बहसहरु पछि भट्टराइले अर्को स्टाटस पनि फेसबुकमा पोष्ट गरेका छन् । उनले स्टाटसमा लोकतन्त्रको युग सुहाउँदो नयाँ मोडेलबारे बहसमा ल्याउन थाल्दा चोरको खुट्टो काट् भन्दा ताने जस्तो गरिएको गुनासो राख्दै आफ्नैबाट बच्न कठिन भएको बताएका छन् ।

भट्टराइको स्टाटसः ‘ चोरको खुट्टा काट् ‘भन्दा चोरले नै खुट्टा थुते झैं मैले समकालीन विश्वको सबभन्दा महत्वपूर्ण वैचारिक-राजनीतिक प्रश्न लोकतन्त्रको युग सुहाउँदो नयाँ मोडेलबारे चलाउन चाहेको सार्वजनिक वहसबारे धेरैले अत्यन्तै सकारात्मक धारणा राखे पनि केही वाम व्रित्त भित्रकै महानुभावहरुले भने सैद्धान्तिक वहसको प्रक्रियामाथि नै वन्देज लगाउने ध्रिष्टता गरेको देख्दा कम्युनिष्ट आन्दोलन अन्तर्र्ाष्ट्रिय रुपमा किन रक्षात्मक बन्न पुगेको रहेछ भन्ने बुझ्न थप मद्दत पुगेको छ ।

त्यसैले शायद फ्रान्सेली दार्शनिक भोल्तेयरले भनेका थिए – ‘ Oh God, save me from my friends, I can take care of my enemies myself ‘( हे भगवान्, मलाई मेरा मित्रहरूबाट बचाऊ, मेरा दुश्मनहरूको सामना गर्न म आफैं सक्षम छु ‘)।
विचार राख्ने थलो
भट्टराइले राखेका अवधारणाको बारेमा मात्र होइन, पार्टीका अन्य विषयमा पनि एकीकृत नेकपा माओवादीका नेता कार्यकर्ताहरुले आन्तरिक बैठकमा भन्दा पनि सामाजिक सञ्जालमा नै आफ्ना टिका टिप्पणी पस्कने थलो बनाएको देखिन्छ ।
निर्वाचनमा पराजयका कारणहरु लगायत हरेक विषयवस्तुमा अहिले एकीकृत माओवादीका नेता कार्यकर्ताहरु सामाजिक सञ्जाललाई नै पहिलो विचार राख्ने थलो बनाएका छन् । पार्टीको हारको कारण लगायत असन्तुष्टी पोख्ने थलो समेत एकीकृत माओवादीका नेता कार्यकर्ताहरुले फेसबुकलाई नै बनाएका छन् । प्रमुख चार राजनीतिक शक्तिहरुविच भएको चार बुदे सहमतिको असन्तुष्टीबारे पनि नेता कार्यकर्ताले फेसबुकबाट नै सार्बजनिक गरेका छन् । एकीकृत माओवादीका युवा नेता दिपशिखा ब्यङ्ग्यत्मक शैलीमा लेख्छन्– ‘उधारो र चिउरा धेरै खानेले पछि थाहा पाउँछ रे । हामीले फेरी खुच्चिङ भन्नुपर्ने भो ।’ चार बुदे सहमतिलाई नै लिएर एकीकृत माओवादी निकट विद्यार्थी नेता घ्याम्सो थोकर तामाङले आक्रोशित हुँदै फेसबुकमा पोष्ट गरेका छन्–‘झुक्नुको पनि सिमा हुन्छ नि, पाउ छुने गरी झुकेपछि अनि जनताले एमाओवादीलाई कठोर सजाय नदिए कस्लाइ दिने नी ? वर्गदुश्मनले जति नंग्यायो, त्यति नाङ्गिने । युद्धकालमा दुश्मनलाई आफ्नो योजनामा पार्ने कला कार्यकर्तालाई सिकाउने नेताहरु एकाएक वर्गदुश्मनको योजनामा परे पछि जनताको मुक्तीको आभा अब धरापमा प¥यो ।’

औचित्यहिन बहस

फेसबुकमा आफ्ना नेता र सहयोद्धाहरुको विचार र त्यसमाथि टिका टिप्पणीको बाढी आएको केही नेता कार्यकर्तालाई भने चित्त बुझेको छैन । सार्बजनिक ठाउँमा कसैले केही भन्दैमा त्यसबाट कुनै प्रतिफल ननिस्कने उनीहरुको तर्क छ । आफ्नै नेता कार्यकर्ताहरु फेसबुकमा बैचारिक रुपले जुधेको देखे पछि एकीकृत नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) का नेता दिपक देबकोटाले फेसबुकमा नै पोष्ट गरेका छन–‘फेसबुक विचार बनाउने थलो होइन र हुँदैन पनि । तर किन बुझ्दैनौं हामी ?’
आफु एकीकृत माओवादीको एक शुभचिन्तक भन्दै दिपेश गौतमले पोष्ट गरेका छन्–‘फेसबुकमा कमरेडहरुको जुहारी देख्दा हामीलाइ चाँही लाज लाग्न थाल्यो । पार्टीलाई सिनो जसरी लुछेका छन् । कुर्सी पाउने र मोज गर्ने त कमरेडहरु नै हुन्, त्यही पनि शुभचिन्तक भएकाले चिन्ता चाँही लाग्छ ।’
संविधानसभा निर्वाचन भन्दा केही समय पहिले अन्तरसंघर्षको विषयमा एकीकृत माओवादीका नेताहरुविच फेसबुकमा नै चर्को बहस चलेको थियो । संविधानसभाको निर्वाचनसँगै नेताहरु एकजुट भएर प्रचार प्रसारमा नै ब्यस्त भए फेसबुक मार्फत पनि । निर्वाचनमा अनपेक्षित पराजय पछि भने फेरी सामाजिक सञ्जाल फेसबुकमा नै बहस चर्किएको छ । निर्वाचनमा पराजय हुनुको कारणबारे पार्टीका आन्तरिक बैठकहरुमा भन्दा सामाजिक सञ्जाल फेसबुकमा खुल्लमखुला बहस भैरहनु एक किसिमले लोकतान्त्रीक अभ्यास त भन्न सकिएला तर केही कार्यकर्ताहरु भने यसबाट सन्तुष्ट छैनन् । पार्टीभित्रका कमिटिमा गर्नुपर्ने बहस सार्बजनिक ठाउँमा गर्नाले त्यसबाट निकास निस्कने सम्भावना नरहेको बताउँछन् दिपक देबकोटा ।
एकीकृत माओवादी शान्ति प्रक्रियामा आए पछि पूर्णकालिन कार्यकर्ताको ब्यवस्थाबारे कुनै कदम नचालिएको विषयलाई समेत माओवादी कार्यकर्ताहरुले फेसबुकमा उठाउने गरेका छन् । एकीकृत नेकपा माओवादीका नेता कार्यकर्ता मात्र होइन, नेकपा माओवादीका नेता कार्यकर्ताहरु समेत फेसबुकमा आफ्ना विचार राख्न रुची देखाउँछन् । नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीका नेता पूर्ण राना लेख्छन्–‘साँच्चै यतिबेला ती हजारौं इमान्दार पूर्णकालिन भनिएका पार्टी कार्यकर्ता कसरी आफ्नो गुजारा चलाइरा होलान् ? कसको ध्यान जाने हो यता ?? विकल्प ?’

हारपछिको दोश थुपार्ने दाउ

माओवादीका नेता कार्यकर्ताले अहिले फेसबुकमा चलाइरहेको बहस पार्टी पराजित भए पछि पराजित हुनुको कारण अर्कोलाई लगाउने उपायको रुपमा पनि धेरैले हेरेको देखिन्छ । पूर्वाग्रहपूर्ण स्टाटसहरु समेत नेता कार्यकर्ताबाट आइरहेका छन् । हारको कारण पत्ता लगाउने भन्दै पार्टी कमिटिमा भएका छलफल समेत जिम्मेवार भनिएकै नेता कार्यकर्ताबाट फेसबुक मार्फत् सार्बजनिक गरेको समेत देखिएको छ । हारको कारण खोजी गर्दै त्यसको जिम्मेवारी नैतिक रुपमा पार्टी कमिटिमा रहेकाहरुले लिनुभन्दा पनि यसो गरे राम्रो भन्ने अर्ति दिनमा नै सामाजिक सञ्जाल फेसबुकको प्रयोग बढाएको कतिपय फेसबुक कार्यकर्ताको गुनासो छ ।

प्रविधिको सदुपयोग कि दुरुपयोग ?

सामाजिक सञ्जाल फेसबुक ट्विटरहरुमा माओवादी नेता कार्यकर्ताका विचारहरु साबजनिक गरिदा अहिलेसम्म त्यसमा नै बहस भई सकारात्मक निश्कर्ष निकालेको छैन । बरु नेताहरुलाई नै विभाजन गर्ने र एक अर्को पक्षमा ध्रुविकरण गर्ने खतरा समेत बढिरहेको छ । जुन कुराम