• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

‘झोला’ले रुवायो पोखरेलीहरुलाई (फोटोफिचर सहित)



काठमाडौं, ११ पुस ।

 

साहित्यकार कृष्ण धरावासीको चर्चित कथा ‘झोला’मा आधारित चलचित्र ‘झोला’को पोखरामा विशेष प्रदर्शनी गरीएको छ । सती प्रथामा आधारित चलचित्र झोलाको विशेष प्रदर्शनीपछि आयोजित अन्तरक्रियामा बोल्ने साहित्यकार, चलचित्रकर्मी एवम् संचारकर्मीहरुलेचलचित्र राम्रो बनेको टिप्पणी गरेका थिए । खचाखच भरिएको विन्ध्यवासिनी चलचित्र मन्दिरको हलमा करिब ९० मिनेटको चलचित्र हेर्दा दर्शक निकै भावुक भएका थिए भने कतै कतै सुँक्क सुँक्क गरेको समेत सुनिएको थियो । चलचित्र हेरेर बाहिर निस्कने दर्शकहरुले प्रतिक्रिया दिदैं थाहा नपाई आँखाबाट आँसु झरिरहेको बताएका थिए । चलचित्र हेर्ने अधिकांशले खुलेरै आफूले आँसु थाम्न नसकेको प्रतिक्रिया दिएका थिए ।चलचित्रले केही समय पहिले काठमाण्डौमा भएको बिशेष प्रर्दशनिमा पनि राम्रो चर्चा पाएको थियो ।