• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

‘मिस इकलेज’को उपाधि प्रज्ञालाई



 

काठमाडौँ, ११ पुस ।

यस वर्षको मिस इकलेज ’ प्रतियोगिताको उपाधि सेन्ट जेभियर्स कलेजकी प्रज्ञा लामिछानेले जितेकी छन् । सिजन मिडियाले आयोजना गरेको ‘मिस इकलेज’ प्रतियोगिताको चौथौं संस्करणमा सिपिएस कलेजकी निशा पोखरेल फस्ट रनर अप र ललितपुर भ्याली कलेजकी पार्वती श्रेष्ठ सेकेन्ड रनर अप भइन् ।

उपाधि जित्दै लामिछानेले एक स्कुटर र रु एक लाख बराबरको छात्रवृत्ति जितिन भने फस्ट रनर अप र सेकेन्ड रनर अप हुनेले मोबाइल र रु ५० हजार बराबरको छात्रवृत्ति पाएका छन् ।