• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo

ईङलिश प्रिमियर लिगमा आर्सनलको पहिलो स्थान सुरक्षीत



काठमाडौं, १२ पुस । ईङलिश प्रिमियर लिग फुटबलमा आर्सनल पहिलो स्थानमा उक्लीएको छ । वेष्टह्यामलाई ३–१ गोलले हराउदै आर्सनलले पहिलो स्थान सुरक्षीत गरेको हो ।

विहीवारराति सम्पन्न खेलमा पहिलो स्थानको लिभरपुलले भने म्यान्चेष्टर सिटीसँग २–१ गोलको हार बेहोर्यो । हारसँगै लिभरपुल चौथो स्थानमा झरेको छ भने सिटी दोश्रो स्थानमा छ । स्वान्सीलाई १–० ले गोलले हराउँदै चेल्सी तेश्रो स्थानमा रहन सफल भएको छ । १८ औं चरणको खेल सकिदा डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर युनाइटेड हलसीटीलाई ३–२ गोलले हराएर अंक तालिकामा सातौं स्थानमा उक्लीएको छ ।

यस्तै न्युक्यासलले स्टोकसीटीलाई ५–१ गोलले,फुलह्यामले नरविचलाई २–१ले, ,सन्डरल्याण्डले एभरटनलाई १–०ले पाखा लगाएका छन् । वेष्टब्रोम र टोटनह्याम भने १–१ गोलको बराबरीमा रोकिएका छन् ।