• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo

स्याङ्जा समाज जापानले शुभकामना साँझ गर्ने



टोकियो, २७ डिसेम्बर । स्याङ्जा समाज जापानले जापानको टोकियोमा शुभकामना साँझ कार्यक्रम गर्ने भएको छ । नयाँ बर्ष २०१४ को उपलक्ष्यमा स्याङ्जा समाज जापानले डिसेम्बर ३१ मा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको हो ।
टोकियोको सिन्जुकु कोरुनेमा हुने कार्यक्रममा उपस्थित हुन समाजले जिल्लाबासीहरुलाई अनुरोध गरेको छ । समाजले सोही दिन गर्ने भनेको बृहत सांस्कृतिक कार्यक्रम भने स्थगित भएको छ । नेपाली कलाकारहरुको भिषा प्रक्रियामा समस्या आएकाले सांस्कृतिक कार्यक्रम स्थगित गरिएको टोकियोबाट जीवन न्यौपानेले जानकारी दिएका छन् ।