• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

रेखालाई खोज्दै राउटे काठमाडौंमा



काठमाडौं, १२ पुस । राउटेलाई किस गरे पछि चर्चामा आएकी नायीका रेखा थापालाई भेट्न राउटेहरु काठमाडौं आएका छन् । आर्थिक सहयोगका लागि सुर्खेतमा रहेका राउटे बस्तीमा पुगेर राउटेलाई किस खाएकी रेखा थापालाइ भेट्न राउटेहरु काठमाडौं आएका हुन् । नायीका थापाले राउटेलाई किस खाए पछि राउटेहरु रिसाएको प्रचार भएको थियो । तर तीनै राउटेहरु शुक्रबार रेखा थापा फाउण्डेशनले गरेको कार्यक्रममा सहभागी हुन काठमाडौं आएका हुन् ।
फाउण्डेशनकी अध्यक्ष समेत रहेकी थापाले राउटेहरुको सहयोगका लागि आर्थिक जुटाउने र उनीहरुका बच्चाहरुलाई शिक्षा दिने ब्यवस्था पनि गर्ने बताएकी छन् ।