• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

अन्तरराज्य एनआरसी खेलकुद प्रतियोगिता सुरु



सिड्नी, २७ डिसेम्बर । अष्ट्रेलियाको सिड्नीमा अन्तर राज्यस्तरीय एनआरसी खेलकुद प्रतियोगिता सुरु भएको छ । नयाँ बर्ष २०१४ को उपलक्ष्यमा प्रतियोगिता शुक्रबार सुरु भएको हो । प्रतियोगिता अन्तर्गता शुक्रबार Chhatswood गल्फ क्लबमा गल्फ प्रतियोगिता र North Ryde  आरएसएल क्लबमा टेनिस खेल सम्पन्न भएको छ । शनिबार ओलम्पिक पार्कमा ब्याडमिन्टन हुने र आइतबार ओलम्पिक पार्कमा नै टेबल टेनिस प्रतियोगिता हुने आयोजक एनआरसी अष्ट्रेलियाले जनाएको छ ।

प्रतियोगिताका लागि अष्ट्रेलियास्थित नेपाली राजदुतावासले पाँच सय डलर सहयोग गरेको छ ।खेलकुद प्रतियोगिता आइतवार समापन हुनेछ । समापन कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदुत रुद्रकुमार नेपालको प्रमुख आतिथ्य रहनेछ ।

खेलकुदका माध्यमबाट नेपालीहरुका बीचमा भातृत्व र सदभाव बढाउने विश्वास आयोजकहरुले व्यक्त गरेका छन ।