• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

उन्नाइस वर्षमुनिको क्रिकेटमा नेपाल र भारत भिड्दै



काठमाडौं, २४ पुस । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटको दोस्रो खेलमा आइतवार नेपालले भारतको सामना गर्दैछ । खेल नेपाली समय अनुसार सवा  ११ पछि शुरु हुनेछ ।

शनिवार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । दुबईको ग्लोबल क्रिकेट एकेडेमीमा भएको खेलमा नेपाल पाकिस्तानसँग १ सय ३२ रनको फराकिलो अन्तरमा पराजित भएको हो । पाकिस्तानले पेश गरेको ३ सय १२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारीत ५० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७९ रन मात्र बनाउनु सक्यो । पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै ३ सय ११ रन बनाएको थियो ।