• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

आयो संस्कृत भाषामा रचित कृति ‘मानस मञ्जरी’



काठमाडौं, १४ पुस । 

विद्वत् शिरोमणि कुलचन्द्र गौतमद्वारा रचित ‘मानस मञ्जरी’को  विमोचन गरिएको छ । संस्कृत भाषामा रचित सो कृतिको सम्पादन प्रा डा माधवप्रसाद भट्टराईले र अनुवाद उपप्राध्यापक जर्नादन घिमिरेले गरेका हुन् । कृति नेपाली र संस्कृत दुवै भाषामा छ । पशुपति वंशीराम मण्डप नेपालले सो कृति प्रकाशन गरेको हो ।
कृतिको विमोचन गर्दैै अनन्तश्री जगतगुरु शङ्कराचार्य स्वामी माधवश्री महाराजले कृतिले नेपालमा सनातन धर्मको रक्षाका निम्ति उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । कृतिमाथि प्रा नीलमणि ढुङ्गानाले समीक्षा गरेका  थिए ।