• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   २९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ ★   एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह ★   एसिसी प्रिमियर कपः सेमिफाइनलमा नेपालको भिडन्त युएईसँग ★   लुम्बिनी र सुदूरपश्चिममा आज हावाहुरीको सम्भावना ★   सुदूरकाे मुख्यमन्त्री बन्दै दीर्घ सोडारी, लक्ष्मणकिशोर अदालततिर ★   च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा, कुन–कुन टिम पुगे ? ★   ८९ रनमा अलआउट हुँदै आफ्नो न्यून स्कोर बनाएको गुजरातमाथि दिल्लीले ८.५ ओभरमै खेल जित्यो ★   रोटरी क्लब अफ डामे बेल्जियमले अर्थोपेडिक अस्पताललाई सहयोग गर्ने ★   आर्सनललाई हराउँदै बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा ★   इलाम-२ उपनिर्वाचन : मिशन ८४ को ट्रेलर, प्रत्येकलाई चुनौती

बालविवाह गर्ने किशोरीको स्वास्थ्य जोखिममा



 

काठमाडौँ, १४ पुस ।

प्रचलित ऐनकानुनले बालविवाहलाई पूर्ण निषेध गरेको भए पनि त्यसलाई रोक्न सकिएको छैन । बालविवाह गर्दा किशोरीको स्वास्थ्य जोखिममा पर्ने गरेको छ । नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०६८ अनुसार कुल विवाहित जनसङ्ख्या एक करोड ३३ लाख ३८ हजार ४९६ मध्ये ८० लाख १८ हजार ३१३ अर्थात् ६०.१२ प्रतिशतले बालविवाह गरेका छन् । त्यसैगरी ४० प्रतिशत अर्थात् १३ लाख किशोरीको १९ वर्ष नपुग्दै बिहे भएको देखिएको छ । तीमध्ये करिब १७ प्रतिशत अर्थात् साढे पाँच लाख किशोरी १९ वर्षअगावै गर्भवति या आमा भइसकेको देखिएको छ । कम उमेरमा बिहे गर्नु कानुनविपरीत तथा स्वास्थ्यका दृष्टिले समेत जोखिम हुने गरेको बताउनुहुन्छ महिला पुनस्र्थापना केन्द्र (ओरेक)की अध्यक्ष डा रेणु राजभण्डारी ।

कम उमेरमा बिहे गरेका किशोरीहरू आमा बन्दा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्दछ, उहाँ भन्नुहुन्छ । यस्ता किशोरी आमाहरूमा रक्तस्राव, पाठेघरको क्यान्सरजस्ता विभिन्न रोग लाग्ने सम्भावना हुन्छ । त्यस्तै विश्व जनसङ्ख्या कोषका अनुसार नेपाललगायत विश्वका विकासोन्मुख देशहरूका ५० करोड किशोरीमध्ये २० करोड किशोरी १९ वर्ष नपुग्दै विवाह गरी आफ्ना प्रगति रोक्न बाध्य छन् ।  बालविवाह गर्ने किशोरीहरूले किशोरावस्थाको अनुभूति लिन नपाउँदा घरको सम्पूर्ण जिम्मेवारी जबर्जस्ती बहन गर्न तथा सक्रिय यौनजीवनमा प्रवेश गर्न बाध्यात्मक अवस्था भोग्नु पर्ने महिला अधिकारका क्षेत्रमा क्रियाशील निर्मला बरालले बताउनुभयो ।

उहाँका अनुसार बालविवाहले सबल, सक्षम, जुझारु, स्वाभिमानी महिला बन्नमा बाधा ल्याउने काम गर्दछ । कानुन अनुसार विवाह गर्दा महिला र पुरुषको उमेर संरक्षकहरूको मञ्जुरी भएमा १८ वर्ष र संरक्षकको मञ्जुरी नभए २० वर्ष तोकिएको छ । कानुनमा बालविवाहलाई पूर्ण निषेध गरिएको भए पनि व्यावहारिक जीवनमा भने त्यसले पूर्णता पाउन नसकेको महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका उपसचिव खड्गबहादुर राणा स्वीकारछन् ।