• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

विश्व चर्चित खेलाडी सुमाकार अस्पतालमा



काठमाडौं, १५ पुस । विश्व चर्चित खेलाडी माईकल सुमाकर स्कीईङ गर्नेक्रममा दुर्घटनामा परि गम्भिर घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक छ । आफ्नो छोरासँग फ्रान्सको एल्प्स पहाडमा स्कीईङ गर्ने क्रममा दुर्घटनामा परेका सुमाकरको दिमागमा गम्भीर चोट लागेको जनाइएको छ ।

चोटपश्चात सुमाकरको दिमागको अपरेशन सम्पन्न भईसकेको छ । स्कीईङका क्रममा उनले हेलमेट लगाएको भएपनि उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

सुमाकरको तत्काल टाउकोको शल्यक्रिया गरिएपनि अवस्थामा उल्लेख्य सुधार आउन नसकेको बताईएको छ । सुमाकर फर्मुला वान कार रेसिङका सर्वाधिक सफल खेलाडी हुन् । जमर्नीका प्रशिद्ध खेलाडी सुमाकर अगामी जनवरी ३ मा ४५ वर्ष पुग्दैछन् । फर्मुला वान प्रतियोगिताबाट उनले सन् २००६ मा अवकाश लिएका थिए ।