• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   यसरी स्मरण गर्नुभयो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्व. मनमोहन अधिकारीलाई ★   मुख्यमन्त्री भएको १६ दिनपछि कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै ★   राष्ट्रिय विकास परिषद्को बैठक आज, १६औं योजनालाई अन्तिम रुप दिइने ★   महाेत्तरीका अग्निपीडितकाे विचल्ली, राहतको प्रतीक्षा ★   किन कतार जान पाएनन् रूद्रकली र खगेन्द्रप्रसाद ? ★   म्यान्चेस्टर युनाइटेडको सहज जित ★   लिभरपुललाई उपाधि होडमा धक्का, एभर्टनसँग स्तब्ध ★   आईपीएलः दिल्लीले गुजरातलाई दोस्रो पटक हरायो ★   बालेनको कडा टिप्पणी : जनावर उपहार दिनु वा बेच्नु कति कानुनसम्मत ? ★   छिन्नलता गीत पुरस्कार घोषणा

आयुर्वेद क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ -आचार्य



काठमाडौं, १५ पुस –
नेपाली काँग्रसका नेता नरहरी आचार्यले नयाँ बन्ने सरकारले आयुर्वेद क्षेत्रलाई प्रथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । नेपाली जडीबुटीको सदुपयोग र संरक्षण गर्न पनि आयुर्वेदलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाई थियो । बिशाल आयुर्वेद तथा ध्यान दर्शन योगाभ्यास प्रशिक्षण आश्रम, सेवा बिस्तार केन्द्रको उद्घाटन कार्यक्रममा आचार्यले सो कुरा बताउनुभएको हो । आयुर्वेद र योगाको अभ्यासमा संपूर्ण जनता जुटेकोले यसप्रति सरकारको बिशेस ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा बोल्दै बिशाल आयुर्वेदका संचालक बद्री लामिछानेले नेपालमा रहेका अथाह जडीबुटीलाई सदुपयोग गर्ने आफ्नो लक्ष्य रहेको बताए । कार्यक्रमको संचालन पुरुसोत्तम लामिछानेले गरेका थिए । कार्यक्रममा नेपाली सिने क्षेत्रकी प्रथम नायीका भूवन चन्द, कलाकार सरीता लामिछाने, निर्देशक समाजका अध्यक्ष ऋषी लामिछाने लगायतको उपस्थीति रहेको थियो ।