• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

‘प्रोड्यूसर’को ‘हेल्थ प्रोग्राम’ संपन्न



काठमाडौं, १५ पुस । 

आगामी माघ १७ गते रिलिज हुन लागेको चलचित्र ‘प्रोड्यूसर’को निर्माण युनिटले दावँली मिलन केन्द्रसँग सहकार्य हरेर ‘हेल्थ प्रोग्राम’को आयोजना गरेको छ । राजधानीको ज्ञानेश्वरमा रहेको ज्ञानविकास निम्न माध्यमिक विद्यालयमा रहेका छात्रछात्राहरूलाई ११ जना चिकित्सक बोलाएर स्वास्थ्य जाँच गरिएको चलचित्रका निर्माता राजकुमार राईले जानकारी गराए । ‘प्रोड्यूसर’ पनि दर्शकलाई पूर्ण मनोरञ्जको खुराक रहेको राईले बताए ।

 

 

 

ज्योतीराज राईको प्रस्तुतीमा जनकदीप पराजुलीले निर्देशन गरेको यो कमेडी चलचित्रमा विल्सन विक्रम राई, बाबु बोगटी, श्याम राई , श्याम अर्याल, पायल रायमाझी, स्वेता भट्टराई लगायतको अभिनय छ । चलचित्रले नेपाली चलचित्र क्षेत्रकै समस्यालाई चित्रण गर्ने निर्देशक पराजुलीले बताए ।