• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   आर्सनललाई हराउँदै बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा ★   इलाम-२ उपनिर्वाचन : मिशन ८४ को ट्रेलर, प्रत्येकलाई चुनौती ★   कानुन समाजका अध्यक्ष तीर्थमान शाक्यको निधन ★   सुहाङलाई मत माग्दै ओलीले भन्नुभयोः देश बनाउने युवा हुन्, जिताउनुस् ★   नेकपा (एकीकृत समाजवादी) को महाधिवेशनको मिति सर्यो, अब असार १६ देखि २० गतेसम्म काठमाडौंमा ★   नासाले मंगल ग्रहका नमूनाहरू फिर्ता गर्न नयाँ डिजाइन खोज्ने ★   वेदान्तका प्रखरवक्ता रिसाललाई पाणिनी पुरस्कार ★   सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा ★   पश्मिना उद्योगको प्रवर्द्धनमा सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी ★   अर्थमन्त्री पुन अमेरिकामा विभिन्न कार्यक्रम तथा भेटघाटमा व्यस्त

पानी जहाजभित्र लोकदोहोरी घन्किने



सिड्नी, ३० डिसेम्बर । अष्ट्रेलियाको सिड्नीमा पानी जहाजभित्र लोकदोहोरी घन्किने भएको छ । नेपालका सडक बालबालिकालाई सहयोग गर्न अष्ट्रेलियाको सिड्नीमा हुने क्रुज पार्टीमा लोक तथा दोहोरी गित घन्किने भएको हो ।
नेपाल अष्ट्रेलियन युथ एसोसिएसन (नयाँ) को आयोजनामा नेप्लीज क्रुज पार्टी २०१४ मा त्यसका साथै अरु विभिन्न सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
आगामी जनवरीको १८ तारिखमा हुने क्रुज पार्टीमा विभिन्न मनोरन्जनात्मक कार्यक्रमका साथै बच्चाका विभिन्न क्रियाकलापहरु पनि प्रस्तुत गरिने भएको छ ।
कार्यक्रमबाट उठेको रकम नेपालमा रहेका सडक बालबालिकाको हितमा खर्च गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागिताका लागि पाँच बर्ष देखि १५ बर्ष सम्मका बालबालिकाको लागि ३० डलर र त्यस भन्दा बढि उमेरका लागि ६० डलर तोकिएको छ ।
पाँच बर्ष मुनिका बालबालिकाको लागि भने निशुल्क ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।