• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै ★   राजनीतिक स्थितिको प्रभाव कानुन निर्माणमा छ: अध्यक्ष दाहाल ★   काश्मिरमा डुङ्गा डुब्दा छ को मृत्यु, अझै धेरै बेपत्ता ★   १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना: प्रधानमन्त्री ★   बरिष्ठ गजलकार प्रकट पंगेनी ‘शिव’ को निधन ★   आईपीएलको बीचमा ब्रेक लिँदै म्याक्सवेलले भने: मानसिक रूपमा तयार भएर फर्किन्छु ★   धार्मिक पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले सहकार्य गर्छ: अध्यक्ष ढकाल ★   गणेशको राष्ट्रिय कीर्तिमान ★   सरकारी प्रकरण- गृहमन्त्री लामिछानेलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास: रमेश खरेल ★   नेप्से परिसूचक आज पनि ओरालो लाग्यो

कर्मचारी अभावमा पाँच स्वास्थ्य चौकी बन्द



 

गोरखा, १५ पुस ।

जिल्लाको दुर्गम क्षेत्रमा रहेका पाँचवटा स्वास्थ्य चौकी कर्मचारी अभावमा बन्द गरिएको छ । जिल्लामा रहेका कुल ५५ वटा उपस्वास्थ्य चौकीमध्ये सिमजुङ, ताक्लुङ, उहियाँ, लाप्राक र केरौंजा उपस्वास्थ्य चौकी बन्द गरिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । सिमजुङ स्वास्थ्य चौकीलाई द मनोज नामक संस्थाले एक महिनाअघि १० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री दिएको र आगामी वैशाखमा एम्बुलेन्स पनि दिने घोषणा गरेको थियो ।

जिल्लाको लापु र आरुपोखरी स्वास्थ्य चौकीमा कार्यालय सहायकको भरमा स्वास्थ्य चौकी सञ्चालन भएको छ । स्वास्थ्य चौकी बन्द भएपछि नियमित खोपका कार्यक्रमसमेत प्रभावित भएको जनस्वास्थ्य प्रशासक विश्वराम श्रेष्ठले बताए । स्वास्थ्य सेवा ऐन संशोधन नभएको कारण आयोगले परीक्षा लिन नसकेको र कर्मचारी पूर्ति हुन नसकेको उहाँले बताउनुभयो । जिल्लामा ९२ जना स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको उहाँको भनाइ छ ।

यसैबीच, गोरखा अस्पतालले सधँै निःशुल्क दिने गरेको बहिरङ सेवाको टिकटको शुल्कमा वृद्धि गरी रु ५० बनाएको छ । अस्पतालले दिने अन्य सेवाहरु निजी क्लिनिकले लिने सरह बनाइएको र सरकारले निःशुल्क दिने गरेको औषधि पनि आजदेखि दिन नसकिने अस्पतालका प्रमुख डा केशवराज भुर्तेलले बताए ।