• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo

सिड्नीमा कला र संस्कृतिको प्रदर्शनी जारी



काठमाडौं, ३० डिसेम्बर । अष्ट्रेलियाको सिड्नीमा नेपालको कला र संस्कृतिको प्रदर्शनी हुने भएको छ । चिनारी नेपालको आयोजनामा सिड्नीमा रहेको अर्बन स्कोर स्पोटर्स क्लबमा जारी प्रदर्शनीमा अहिलेसम्म दुइ सय ५० जनाले अवलोकन गरेको चिनारी नेपालका संस्थापक अध्यक्ष गंगाबहादुर नेमकुलले अनलाइन चौतारीलाई जानकारी दिए ।
प्रदर्शनीमा आरवी डाइमण्ड ज्वलर्सले विभिन्न नेपाली गरगहना राखेको छ । यस्तै, प्रदर्शनीमा फोटोग्राफी, पेन्टीङ, ट्याटु र हेन्डीक्राफ्टका सामानहरु राखिएको छ । प्रदर्शनी ३१ डिसेम्बर, मंगलबार सम्म चल्ने चिनारी नेपालले जनाएको छ ।