• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   एकीकृत समाजवादीः बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः डा सापकोटा ★   बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ ★   अर्थमन्त्री वर्षमान पुनले गरे बजेट लेखन समिति गठन ★   मन्त्रिपरिषद् बैठकः सरकारद्वारा तथ्यांक नियमावली २०८० लाई स्वीकृत, यस्ता छन् अन्य निर्णयहरु ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छः पूर्वराष्ट्रपति भण्डारी ★   सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताद्वारा लिखित निर्देशन ★   आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित ★   संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको छ: प्रधानमन्त्री दाहाल

जनकविकेशरीलाई लेखनाथ पुरस्कार



 

काठमाडौँ, १६ पुस ।

जनकविकेशरी धर्मराज थापा ‘लेखनाथ साहित्य पुरस्कार’ बाट पुरस्कृत भएका छन् । कविशिरोमणि लेखनाथ पौड्यालको एक सय ३० औं जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्द्वारा  आयोजित कार्यक्रममा राष्ट्रकवि तथा परिषद्का अध्यक्ष माधवप्रसाद घिमिरेले सो पुरस्कार प्रदान गरेका थिए । रु पचास हजार राशिको सो पुरस्कार लेखनाथ साहित्य प्रतिष्ठान, कास्कीले लेखनाथ जयन्तीका अवसरमा प्रदान गर्दै आएको छ ।

जनकविकेशरीको स्वास्थ्यस्थिति राम्रो नभएका कारण राजधानीमै पुरस्कार प्रदान गरिएको हो । सोही कार्यक्रममा शुक्ला साहित्य समिति, पोखराले जनकविकेशरीलाई दोसल्ला ओढाएर अभिनन्दन गरेको थियो । पञ्चानब्बे वर्षीय राष्ट्रकवि घिमिरेले ९३ वर्षीय जनकविकेशरी थापालाई सम्मान गर्दै अङ्कमाल गरेर पुरानो हार्दिक दौंत्यारीको स्मरण गराएका थिए । धेरै बोल्न नसक्ने अवस्थामा रहनुभएका थापाले प्रसन्न मुद्राबाट आफ्नो प्रतिक्रिया व्यक्त गरेका  थिए ।

कार्यक्रममा परिषद्ले स्थापना गरेको रु १५ हजार राशिको ‘लेखनाथ प्रतिभा पुरस्कार’ २०६८ सालको त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको परीक्षामा नेपाली विषयमा सर्वाेत्कृष्ट नतिजा ७१ दशमलव ५ प्रतिशत अङ्क ल्याउने गोकुल पोखरेललाई प्रदान गरियो । कविशिरोमणिका छोरी कुन्तीदेवी भट्टराईको रु एक लाख अक्षय कोषबाट स्थापित सो पुरस्कार सो विषयमा उत्कृष्ट हुनेलाई प्रदान गरिन्छ । कोषको राशि हाल रु तीन लाख छ ।

राष्ट्रकवि घिमिरेले ‘तरूण तपसी’ कृतिका स्रष्टा पौड्यालको जन्मजयन्तीमा ‘हरियो डाँडामाथि, हलो जोत्ने साथी…’ जस्ता चर्चित गीतका स्रष्टा थापालाई पुरस्कृत गर्न पाउनु आफ्ना लागि गर्वको विषय रहेको बताए । उनले थापाको स्वास्थ्य लाभको कामना पनि गरे । थापा केही समय अस्पताल भर्ना भई हाल अरूको सहायतामा सामान्य हिँडडुल गर्दै आएका छन् । शिक्षा परिषद्का सदस्यसचिव रमा शर्माले सडक विस्तारका क्रममा सोह्रखुट्टेस्थित परिषद्को कार्यालयको विद्यमान भौतिक स्वरूप अर्काे वर्षको लेखनाथ जयन्तीमा देख्न सकिन्न भन्दै चिन्ता व्यक्त गरे । उनले सम्बन्धित निकायमा आफूहरूले आग्रह गरे पनि ‘तरूण तपसी चौतारो’ र पौड्यालको ‘हीरक जयन्ती स्तम्भ’ मासिने भएको बताउनुभयो ।कविशिरोमणि पौड्यालको चाहनाअनुसार विसं २००८ मा परिषद्को स्थापना भएको थियो ।  कार्यक्रममा कवि श्रीहरि फुयाँलले ‘तरूण तपसी’ बाट कविताको अंश वाचन  गरेका   थिए ।