• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

उपहारस्वरूप खुल्ला आकाशमा ‘मोक्ष’



काठमाडौं, १६ पुस ।

 

संगीत क्षेत्रमा लागेका युवाको यथार्थ तथा मार्मिक कथालाई प्रस्तुत गरिएको चलचित्र ‘मोक्ष’को ‘खुल्ला आकाशमा’ बोलको गीत सार्वजनिक गरिएको छ । दर्शकलाई नयाँ बर्षको उपहारस्वरूप चलचित्रको उत्कृष्ट मध्येको एक गीत रिलिज गरिएको निर्देशक प्रबिन श्रेष्ठले जानकारी गराए ।

 

 

नव क्रान्ती र संजीब सिंहको शब्द रहेको प्रस्तुत गीतमा संजीबकै स्वर तथा संगीत रहेको छ । चलचित्रमा बेनिशा हमाल, कोशिस क्षेत्री सहितका अन्य पात्रहरू बिक्रम सिंह, दिपेश भण्डारी, मनिष दोगार आदीको अभिनय रहेको छ । मोक्ष प्रोडक्सन र श्रीराम बालाजी फिल्म्स्को व्यानरमा सुनिल मानन्धरले निर्माण गरेको मोक्ष यहि माघ २४ गते रिलिज हुँदैछ ।