• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   एमालेबाट चार मन्त्री थपेर लुम्बिनी प्रदेशमा सरकार विस्तार ★   सलमान खान गोली प्रकरणका अर्का संदिग्ध पक्राउ परे ★   अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि ★   अर्थतन्त्रमा सुधार आउन थालेको छः मन्त्री भण्डारी ★   “डिशहोम मिसन ८१” एक वर्षको रिचार्जमा थप १२ महिना सम्म निःशुल्क डिशहोम हेर्ने मौका पक्का ★   आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै ★   जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद ★   धोनीले अर्को वर्षको आईपीएल पनि खेल्न सक्नेछन् ! ★   एन्फा उपाध्यक्ष दावा लामा छुटे ★   शिक्षकहरुलाई दलीय राजनीतिबाट निकाल्न निर्मम हुन्छु: मन्त्री श्रेष्ठ

सिड्नीमा नेपाली कला र संस्कृतिको रौनक



सिड्नी, ३१ डिसेम्बर । अष्ट्रेलियाको सिड्नीमा नेपालको कला संस्कृतिले रौनक ल्याएको छ । चिनारी नेपालको आयोजनामा भएको नेपालको कला र संस्कृतिको प्रदर्शनीले सिड्नीमा रौनकता ल्याएको हो । प्रदर्शनीको अवलोकन गर्न नेपालीहरु उत्साहजनक ढंगले सहभागी भएका थिए ।


सिड्नीमा रहेको अर्बन स्कोर स्पोर्टर्स क्लबमा भएको प्रदर्शनीमा नेपालको कला र संस्कृति झल्कीने चित्रकला, फोटाहरु, ट्याटु, हस्तकलाका सामाग्रीहरु, राखिएको थियो ।


नेपाली कला र संस्कृतिलाई विदेशी भूमीमा चिनाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको चिनारी नेपालका संस्थापक अध्यक्ष गंगाबहादुर नेमकुलले जानकारी दिए ।


चार दिन सम्म चलेको प्रदर्शनीको नेपाली राजदुत रुद्रकुमार नेपालले उद्घाटन गरेका थिए ।