• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

सिड्नीमा नेपाली कला र संस्कृतिको रौनक



सिड्नी, ३१ डिसेम्बर । अष्ट्रेलियाको सिड्नीमा नेपालको कला संस्कृतिले रौनक ल्याएको छ । चिनारी नेपालको आयोजनामा भएको नेपालको कला र संस्कृतिको प्रदर्शनीले सिड्नीमा रौनकता ल्याएको हो । प्रदर्शनीको अवलोकन गर्न नेपालीहरु उत्साहजनक ढंगले सहभागी भएका थिए ।


सिड्नीमा रहेको अर्बन स्कोर स्पोर्टर्स क्लबमा भएको प्रदर्शनीमा नेपालको कला र संस्कृति झल्कीने चित्रकला, फोटाहरु, ट्याटु, हस्तकलाका सामाग्रीहरु, राखिएको थियो ।


नेपाली कला र संस्कृतिलाई विदेशी भूमीमा चिनाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको चिनारी नेपालका संस्थापक अध्यक्ष गंगाबहादुर नेमकुलले जानकारी दिए ।


चार दिन सम्म चलेको प्रदर्शनीको नेपाली राजदुत रुद्रकुमार नेपालले उद्घाटन गरेका थिए ।