• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

अष्ट्रेलियामा गुल्मेलीहरु एकजुट हुँदै (फोटो फिचर सहित)



सिड्नी । नेपालको गुल्मीबाट अष्ट्रेलिया पुगेका नेपालीहरुले अष्ट्रेलियाको सिड्नीमा बिबिक्यू कार्यक्रमको आयोजना गरेका छन् । गुल्मी समाज अष्ट्रेलियाले सिड्नीको एनएसडब्ली टेम्पी (केन्ड्रिक) पार्कमा कार्यक्रमको आयोजना गरेको हो । 

कार्यक्रममा गुल्मीबाट अष्ट्रेलिया पुगेका एक सय ५० जना भन्दा बढिको सहभागी भएको थियो ।
कार्यक्रममा बालबालिकाहरुका लागि हाजिरीजवाफ प्रतियोगिताको समेत आयोजना गरिएको थियो । प्रतियोगितामा नेपाल र अष्ट्रेलियाको बारेमा बालबालिकालाई प्रश्न सोधिएको थियो ।
कार्यक्रममा गुल्मीबाट अष्ट्रेलिया पुगेकाहरुले आगामी योजनाका बारेमा पनि छलफल गरेका थिए । कार्यक्रममा नेपालको गुल्मीमा रहेकाहरु असहायहरुका साथै विभिन्न विकासका योजनामा सग्दो सहयोग गर्ने विषयमा छलफल भएको बताइएको छ ।