• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

नेपालमा सहयोग गर्न मेलवर्नमा सांस्कृतिक कार्यक्रम हुने



मेलवर्न । नेपालमा बन्न लागेको पाथीभरा जेष्ठ नागरिक बृद्वाश्रमका लागि सहयोग गर्न अष्ट्रेलियाको मेलवर्नमा सांस्कृतिक कार्यक्रम गरिने भएको छ । मे ३० तारिख शुक्रबारका दिन हुने कार्यक्रमबाट रकम संकलन गरी नेपाल पठाउन लागिएको हो ।
गैर आवासीय नेपाली संघ भिक्टोरियासँगको समन्वयमा हुने कार्यक्रममा मेलवर्नका साथै विभिन्न ठाउँबाट त्यहाँ रहेका नेपालीहरु सहभागी गराउने लक्ष्य राखिएको छ । अष्ट्रेलियाका सहरहरुमध्ये मेलवर्न नेपालीहरु रहेको दोस्रो ठूलो सहरका रुपमा लिइन्छ । कार्यक्रममा सहभागी हुन आयोजकले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई आग्रह गरेको छ ।