• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   ‘लण्डन डर्बी’मा चेल्सीमाथि आर्सनलको एकतर्फि जित ★   सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत ★   नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक ★   मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने ★   निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द ★   राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना-फोटो फिचर ★   एउटै बँदेलको टोकाइबाट सात घाइते ★   जनकपुरस्थित होटेलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला ★   विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग राष्ट्रपतिको आग्रह ★   राष्ट्रपति र कतारका अमिरबीच भेटवार्ताः हिमाल, पानीको स्रोत जोगाउने तथा पृथ्वीलाई सुरक्षित राख्ने साझा मुद्दामा…

अस्ट्रेलियामा मनाइयो गणतन्त्र दिवस



क्यानबेरा, १६ जेठ । सातौँ गणतन्त्र दिवसका अवसरमा अस्ट्रेलियाको क्यान्बेरास्थित नेपाली राजदूतावासले विविध सांस्कृतिक कार्यक्रमका साथै स्वागत समारोह आयोजना गरेको छ ।
अस्ट्रेलियाका लागि नेपाली राजदूत रुद्रकुमार नेपालले आयोजना गरेको गणतन्त्र समारोहमा अस्ट्रेलियाली संसद्का सदस्य, विपक्षी दलका सिनेटर, क्यान्बेरास्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, अस्ट्रेलिया सरकारका उच्चसरकारी अधिकारी, नेपालका मित्र, अध्ययन–अनुसन्धान र कामको सिलसिलामा अस्ट्रेलियामा रहेका नेपाली, गैरआवासीय नेपाली सङ्घका पदाधिकारी, सञ्चारकर्मी लगायत ४०० जनाको उपस्थिति थियो ।
त्यस अवसरमा राजदूत नेपालले नेपालको राजनीतिक, सामाजिक तथा आर्थिक रूपान्तरणका क्षेत्रमा हाल भइरहेका प्रगतिबारे जानकारी गराउनुका साथै नेपालमा जलविद्युत् उत्पादन, पर्यटन, विकास तथा कृषि उद्योगमा लगानीका प्रशस्त अवसर रहेका उल्लेख गरे ।
उनले नेपालमा पुँजी परिचालन गर्न पनि आग्रह गरेका छन् ।
पर्यटन प्रवद्र्धनका दृष्टिले अतुलनीय नेपाल विश्वको सर्वोच्च शिखर सगरमाथा र शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीका अतिरिक्त पर्यटनका साथै साहसिक पर्यटनका निम्ति पनि प्रसिद्ध रहेकाले धेरैभन्दा धेरै अस्ट्रेलियालीलाई नेपालको भ्रमण गर्न राजदूत नेपालले अनुरोध पनि गरे ।