• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ ★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल ★   कोहली भर्सेस स्टार्कः दुबैलाई एक–अर्काको चिन्ता ★   राजस्थानलाई जिताउने पराग ज्वरो आएर तीन दिन विस्तारामा सुतेका थिए, पेनकिलर खाएर खेले ★   जुगल हिमाल आरोहणको अन्तिम तयारीमा ★   सूर्यग्रहणका कारण यस दिन सडक दुर्घटना बढ्ने, वैज्ञानिकले किन दिए यस्तो चेतावनी ? ★   इलाम-२ उपनिर्वाचन: रास्वपा सभापति लामिछाने इलाम जाँदै

अस्ट्रेलियाको साइकल यात्रामा पुष्कर शाह



सिड्नी । विश्व साइकल यात्री पुष्कर शाह अस्ट्रेलियाको साइकल यात्रामा निस्केका छन् । शनिबार सिड्नी बाट सुरु भएको साइकल यात्रा क्यानबेरा , मेलबर्न , एडीलेड लगायत अस्ट्रेलिया विभिन्न ठाउँहुदै करिब १२ हजार किलो मिटरको यात्रागर्नेछन् । ग्रेट हिमालय ट्रेलमा पर्ने स्कुलहरुमा पुस्तकालय स्थापन गर्न फन्ड जुटाउनका लागि साइकलबाट अष्ट्रेलियाको यात्रा गर्न लागेको पुस्करले बताए ।

विश्वको १५० देशको भ्रमण गरिसकेका साइकल यात्री शाहले अस्ट्रेलियामा रहेका नेपाली भाषीहरु र स्थनिय साइकल यात्रीहरुसंग अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्दै गर्दै छन् । अष्ट्रेलियामा नेपालीहरु बस्ने स्थानहरुमा विभिन्न कार्यक्रम गर्दै आफ्नो अभियानको जानकारी दिएर फन्ड संकलन गर्ने शाहले बताए । आफ्नो अभियानमा गैर आवासिय नेपालीहरुले साथ दिने उनको विश्वास छ । नेपालको उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्ने ग्रेट हिमालय ट्रेलमा भएका स्कुलहरुमा भौतिक पूर्वाधार र पाठ्यपुस्तकको अभाव रहेको हुँदा पुस्तकालय स्थापना गरिदिएर कम्तीमा पाठ्यपुस्तकबाट विद्यार्थीलाई बञ्चित हुनु नपर्ने अवस्था सिर्जना गर्ने शाहको लक्ष्य छ । गरिव विद्यार्थीका लागि थालेको अभियानमा साथ दिन उनले सबैलाई आग्रह समेत गरेका छन् ।