• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   विश्वकै लामो फिल्म, जसलाई हेर्न ३ दिन बढी समय लाग्ने ★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसंग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ ★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल ★   कोहली भर्सेस स्टार्कः दुबैलाई एक–अर्काको चिन्ता ★   राजस्थानलाई जिताउने पराग ज्वरो आएर तीन दिन विस्तारामा सुतेका थिए, पेनकिलर खाएर खेले

पर्थमा नेपाल फेस्टिबल सम्पन्न



पर्थ । अष्ट्रेलियाको पर्थमा ‘नेपाल फेस्टिबल पर्थ २०१४’ भव्य रुपमा सम्पन्न भएको छ । शनिबार पर्थमा रहेको फरेष्ट प्लेसमा नेपाल फेस्टिबलको आयोजना गरिएको हो ।
एनआरएन अष्ट्रेलियाको आयोजनामा भएको फेस्टिबलमा नेपाली खाना, शैक्षिक परामर्श, नेपाली पर्यटन प्रबद्र्वन लगायतका नेपाली व्यवसायको प्रबद्र्वन हुने खालका स्टलहरु राखिएको थियो ।
फेस्टिबलमा पश्चिम अष्ट्रेलिया सरकारका प्रतिनिधिहरु, गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय समिति तथा राष्ट्रिय समन्वय समितिका प्रतिनिधिका साथै नेपाली समुदायहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा परम्परागत नेपाली नृत्य, नेपाली गीत संगीत लगायत नेपाली कला र संस्कृति झल्किने विभिन्न प्रस्तुती देखाइएको थियो ।
पश्चिम अष्ट्रेलिया पर्थमा पहिलो पटक गरिएको महोत्सवको १० औं हजारले अवलोकन गरेका छन् ।
यसअघि सिड्नी, मेलवर्न लगायतका अष्ट्रेलियाका अरु सहरहरुमा गरिएको महोत्सव अहिले पश्चिम अष्ट्रेलियामा पनि गरिएको हो ।
पश्चिम अष्ट्रेलियामा ३० वर्ष अघि देखि नै नेपाली समुदायको उपस्थिति भएपनि सन् २००८ देखि नेपालीहरुको जनसंख्या ह्वात्तै बढेको छ । करिब छ हजार नेपालीहरुको बसोबास रहेको यस क्षेत्रमा बहु सांस्कृतिक समाजको हिस्सा बनाउने काम सन् २००५ देखि नेपाली एसोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा) ले गरिरहेको छ ।
नेपालीहरुको नयाँ वर्ष, बडा दशैं, तिहार बुद्व जयन्ती लगायतका धार्मिक एवम् सांस्कृतिक अवसरहरुमा यहाँ विभिन्न कार्यक्रम हुने गरेका छन् ।