• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   रास्वपाको उदय र काँग्रेसको शक्ति बिस्तार नयाँ र विवेचनायोग्य घटनाका रुपमा देखापरेः ओली ★   सहकारी घोटाला छानविनमा सरकार आफैँ गम्भिर छैनः डा. आरजु देउवा ★   नीति र नेतृत्वमा एमालेभित्र विवाद छैनः अध्यक्ष ओली ★   टेस्लाका मालिक मस्कले किन गरे भारत भ्रमण स्थगित ? ★   एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु ★   महिला टोलीका ६ जनाले मलेसिया सुपर वुमन्स कप खेल्ने ★   संसद् जनताप्रति उत्तरदायी हुनुपर्छः नारायणदत्त भट्ट ★   चेन्नई र लखनउका दुबै कप्तानलाई १२–१२ लाख जरिवाना ★   धोनी आईपीएलमा ५ हजार रन बनाउने पहिलो विकेटकिपर ★   सकिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)

पर्थमा नेपाल फेस्टिबल सम्पन्न



पर्थ । अष्ट्रेलियाको पर्थमा ‘नेपाल फेस्टिबल पर्थ २०१४’ भव्य रुपमा सम्पन्न भएको छ । शनिबार पर्थमा रहेको फरेष्ट प्लेसमा नेपाल फेस्टिबलको आयोजना गरिएको हो ।
एनआरएन अष्ट्रेलियाको आयोजनामा भएको फेस्टिबलमा नेपाली खाना, शैक्षिक परामर्श, नेपाली पर्यटन प्रबद्र्वन लगायतका नेपाली व्यवसायको प्रबद्र्वन हुने खालका स्टलहरु राखिएको थियो ।
फेस्टिबलमा पश्चिम अष्ट्रेलिया सरकारका प्रतिनिधिहरु, गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय समिति तथा राष्ट्रिय समन्वय समितिका प्रतिनिधिका साथै नेपाली समुदायहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा परम्परागत नेपाली नृत्य, नेपाली गीत संगीत लगायत नेपाली कला र संस्कृति झल्किने विभिन्न प्रस्तुती देखाइएको थियो ।
पश्चिम अष्ट्रेलिया पर्थमा पहिलो पटक गरिएको महोत्सवको १० औं हजारले अवलोकन गरेका छन् ।
यसअघि सिड्नी, मेलवर्न लगायतका अष्ट्रेलियाका अरु सहरहरुमा गरिएको महोत्सव अहिले पश्चिम अष्ट्रेलियामा पनि गरिएको हो ।
पश्चिम अष्ट्रेलियामा ३० वर्ष अघि देखि नै नेपाली समुदायको उपस्थिति भएपनि सन् २००८ देखि नेपालीहरुको जनसंख्या ह्वात्तै बढेको छ । करिब छ हजार नेपालीहरुको बसोबास रहेको यस क्षेत्रमा बहु सांस्कृतिक समाजको हिस्सा बनाउने काम सन् २००५ देखि नेपाली एसोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा) ले गरिरहेको छ ।
नेपालीहरुको नयाँ वर्ष, बडा दशैं, तिहार बुद्व जयन्ती लगायतका धार्मिक एवम् सांस्कृतिक अवसरहरुमा यहाँ विभिन्न कार्यक्रम हुने गरेका छन् ।