• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   रासस र कतार न्यूज एजेन्सीबीच समाचार आदानप्रदानबारे छलफल ★   काठमाडौँ महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड ★   नेप्से परिसूचकको ओरालो यात्रा जारी ★   नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह ★   पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन ★   दुबईमा वर्षाले विजोग, अस्तव्यस्त बनायो दैनिकी ★   आईपीएलको १६ औं वार्षिकोत्सवः पहिलो छक्का कसले हिर्काएका थिए ? ★   आर्मीले जित्यो कालिका कप राष्ट्रिय भलिबलको उपाधि ★   एमालेबाट चार मन्त्री थपेर लुम्बिनी प्रदेशमा सरकार विस्तार ★   सलमान खान गोली प्रकरणका अर्का संदिग्ध पक्राउ परे

अष्ट्रेलियामा टेरिया मगरको भव्य प्रतीक्षा



सिड्नी । आगामी अगस्त तीन तारीखमा सिड्नीको मराना अडिटोरियम भव्य रुपमा व्यस्त हुँदैछ । त्यो दिन नेपालका ख्यातीप्राप्त कलाकार सिड्नीबासीसँग आफ्नो कला प्रस्तुत गर्न आइपुग्दैछन् । हास्यव्यङ्ग विधाका जितु नेपाल ‘मुन्द्रे’ र नेपाली लोक गायक रामजी खाँडले त्यहाँ हँसाउने र नचाउने मात्रै छैनन्, भारतमा समेत ख्यातीप्राप्त नेपालकी ११ वर्षकी बाल कलाकार टेरिया मगरले आफ्नो विलक्षण बाल प्रतीभा त्यहाँ प्रस्तुत गर्नेछिन् ।
तेरिया मगर नेपालको रुपन्देही जिल्लाको निम्न वर्गकी बालिका हुन् । उनी यो वर्षको डान्स इन्डिया डान्स मास्टर्स उपाधी विजेता नेपाली बालिका हुन् । भारतको प्रख्यात जिटिभीद्वारा आयोजित उक्त कार्यक्रममा भाग लिएकी टेरिया मगरले भारतका हजारौं बालबालिकालाई आफ्नो नृत्यद्वारा जितेकी थिइन् ।
उनलाई विजयी बनाउन विश्वभरी छरिएका नेपाली भाषीहरुले अनलाईनबाट मतदान गरेका थिए । उनलाई विजयी बनाउन विश्वभरी नै अनलाईन अभियान चलेको थियो । अनलाईन चौतारीसँग कुरा गर्दै टेरियाले भनिन् – ‘म विश्वभरी रहेका नेपाली दाजुभाई दिदी बहिनीहरु बीच पुग्नुपर्छ । त्यसै अनुसार आगामी अगस्त तीनमा सिड्नी जाँदैछु ।’
अष्ट्रेलियामा उक्त कार्यक्रमको आयोजक संस्था कनेक्ट नेपालका अध्यक्ष प्रवीन कँडेलका अनुसार टेरियाको भ्रमणको सम्पूर्ण तयारी पुरा भएको छ । टेरिया मगरलाई अष्ट्रेलियामा लुम्बिनी कपिलवस्तु अभियान अष्ट्रेलिया नेपाल पब्लीक लिङ्क, एनआरएन लगायत संस्थाहरुले सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ ।
अष्ट्रेलिया भ्रमणका लागि जिटिभी इन्डियाले टेरियालाई अनुमति दिएको छ । जिटीभी व्यवस्थापनले अनलाईन चौतारीलाई भन्यो– ‘टेरिया मगरको सम्मान तथा उनको प्रस्तुती हुने कार्यक्रममा हामी आफै र टेरियाकी आमा अनिता पनि सँगै जाँदैछौं ।’ जिटीभी व्यवस्थापनले  टेरिया मगरलाई अष्ट्रेलिया भ्रमणका लागि तयारी गर्ने सिड्नीस्थित नेपाली समुदायलाई धन्यवाद पनि  दिएको छ ।
टेरिया मगरकी आमा अनिता फौजामगरले पनि आफुले अगस्त ३ मा सिड्नीमा हुने ‘टेरिया साँझ’ कार्यक्रमको निम्तो मान्न जान लागेको बताईन् ।