• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ★   युएईविरुद्ध नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्ने ★   शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासंघको चेतावनी ★   हार्दिक पाण्ड्यालाई १२ लाख जरिवाना ★   रोहित शर्मा २५० आईपीएल खेल खेल्ने दोस्रो खेलाडी ★   प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट ★   कोशी प्रदेशको राजनीति झन् पेचिलो ★   सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना: ३ जनाको मृत्यु, ३२ घाइते ★   सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ जना घाइते (अपडेट) ★   संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

पुष्कर शाहले सुनाए विश्वयात्राको रोमाञ्चक अनुभव



सिड्नी । अस्ट्रेलियाको यात्रामा रहेका विश्व साईकल यात्री पुश्कर शाहले सिड्नीका नेपालीहरुलाई आफुले भोगेका अनुभव सुनाएका छन् ।
१७ अगष्ट आईतवार रकडेलमा रहेको सेन्ट जर्ज माइग्रेसन सेन्टरमा भएको कार्यक्रममा शाहले विश्वयात्राका बारेमा भोगेका रोमान्चक विवरण सुनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्काले शाहले नेपाल र नेपालीलाई विश्वमा चिनाएको बताए ।
शान्तिका लागि शाहले शुरु गरेको विश्व साईकल यात्रा आज पनि सान्दर्भिक रहेका खड्काको भनाई थियो । कार्यक्रममा एनआरएन संरक्षक इन्द्रा वनले पुष्कर शाह विश्व माझ नेपालीको दुत भएको भन्दै दोस्रो पटक अस्ट्रेलियामा शाहलाई स्वागत गर्न पाएकोमा खुशी ब्यक्त गरिन ।
कार्यक्रममा दोलखा निवासि केदार पोखरेलले शाहको बारेमा तयार पारिएको कविता प्रस्तुत गरेका थिए ।
दुई महिना अघि सिड्नी आएका शाहको यो दोस्रो अस्ट्रेलिया भ्रमण हो । उनले अस्ट्रेलियाका सबै राज्यको साइकलबाट यात्रा गरेका छन् । यात्राका क्रममा भेटेका नेपालीहरुसँग शाहले नेपालको दुर्गम हिमाली क्षेत्रको बिकास गर्न अघि सारिएको “ग्रेट हिमालयन ट्रेल” को बारेमा प्रस्तुति गरेका थिए । साइकल पर्यटन मार्फत ती क्षेत्रमा सामाजिक रुपमन्तरण गर्ने आफ्नो योजना रहेको शाहले सुनाए ।
पुष्कर शाहको अस्ट्रेलियाको यात्रालाई सहयोग गर्दै आएका चिन्तन ढुंगेलले साहको यात्रा अनुभव र परोपकारी परियोजनाबारे सिड्नीबासी नेपालीलाई जानकारी दिन कार्यक्रमको आयोजना गरिएको बताए ।