• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा… ★   मुम्बईले पञ्जाबलाई ९ रनले हरायो ★   दाहाल, ओली र रविबीच भेटः राजनीतिक घटनाक्रमबारे समीक्षा ★   राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेल नियुक्त ★   चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप ★   अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छः उद्धव थापा ★   मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छः मन्त्री शर्मा ★   सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त ★   मधेशका मुख्यमन्त्री यादवले गरे मन्त्रीपरिषद् बिस्तार ★   कोशी प्रदेश सभामा संकल्प प्रस्ताव टेबलः मागियो मुख्यमन्त्रीको राजीनामा

पहिलो चोटी ‘ब्लु फिल्म’ हेर्दा -विजय कुमार



३७ बर्ष अघि , जीवनमा पहिलो चोटी ‘ब्लु फिल्म’ हेर्न हेर्न म डराइ डराइ हनुमान ढोका प्रहरी कार्यालय नजिकै रहेको घरमा पसेका थिए । सुकुलमा बसेर भिडियो हेर्नु पर्ने । दस रुपैयामा । सेनेमा हलको बाल्कोनी टिकट पांच रुपैया पर्ने जमानामा सुकुलमा बसेको दस रुपैया धेरै ठुलो कुरा थियो ।

हुन त चिज पनि उसले ठुलै देखाउथ्यो ! त्यसैले दर्शक दस रुपैया बारे गुनासो गर्दैनथे । भिडियो देखाउने घरबेट्टी भन्थ्यो ‘यहा डराउनै पर्दैन । फस्ट सो म पुलीसको हाकिमलाइ देखाउछु । दस रुपैयामा तिन रुपैया कमिसन पनि दिन्छु । मस्त भएर हेर मोरा हो .’

हेर्दै जांदा शरिरमा काम ज्वरो आयो । सतीसावित्री टाइप हिन्दी सेनेमा हेर्ने बानी परेको म, गोरागोरीको कब्बडी देखेर झण्डै मुर्छा परेको । हिन्दी सेनेमामा मेरी प्रिय नायिका मिना कुमारी घुम्टो पनि बडा मुश्किलले निकाल्थिन । घु्डा भन्दा माथीको भाग देखाउलिन भनेर त दर्शकले कल्पना पनि गर्दैनथे । तर यहा ! मखन गल्लीकी गोरी त फस्ट सिनमै – छि – हामी जस्तो लाजै नमान्नेलाइ समेत लाज लाग्ने गरि काले भुसतिघ्रेसित कब्बडी खेल्न थालिन ।

मैले तिन दिन ‘सुकुलमा बसेर हेर्ने फिलिम’ हेरे । तेस्रो अनुभव कहिलै बिर्सन्न । अलि अबेर पुगेकोले सो सुरु भै सकेको थियो । अंध्यारो कोठाको स्क्रिनमा , औसीको रात भन्दा पनि कालो हब्सी , पुर्णिमाको चन्द्रभन्दा पनि गोरी सित कब्बड्डी खेल्दै थियो । सेनेमा सकिए पछि कोठामा बत्ती बल्यो ।

उज्यालोमा देख्छु त , ए राता मकै , हाम्रो टोलमा ब्रम्हचर्यको प्रवचन दिने बुढा पण्डितजी पनि त्यहि सुकुलमा ! हामीले एक अर्कालाइ नदेखे झै गर्यौ । दुबैको भलाइ त्यसैमा थियो ।
 विजय कुमार पाँण्डेको पहिलो पुस्तक खुसी बाट