• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   श्रम सम्झौता पुनरावलोकन, लगानी वृद्धिदेखि विपिनको रिहाइ पहलसम्मका विषय पर्लान् त प्राथमिकतामा ? ★   युजवेन्द्र चहलले आईपीएलमा रचे इतिहास ★   शुक्लाफाँटामा बाघ बढे, एक दशकमा तेब्बरभन्दा बढीे ★   इन्टर मिलानले जित्यो सिरी ए लिग उपाधि ★   राजतन्त्रले घुँडा टेकेर गणतन्त्रको बिजारोपण भएको दिन ★   जैसवालको शतकमा राजस्थानले मुम्बई इन्डियन्सलाई ९ विकेटले हरायो ★   कतारका अमिर आज आउँदै, स्वागत गर्न राष्ट्रपति नै विमानस्थल जाने ★   भारतीय दूतावासद्वारा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण ★   आँखै अगाडि खरानी बने सम्पत्ति र सपना ★    तराईमा अत्याधिक गर्मी हुने, तातो लहरबाट बच्न अनुरोध

सांसदको साथमा अस्ट्रेलियामा तीज मनाइयो



आर्मिडेल, भदौ १४ । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्य अन्तर्गत आर्मिडेल सहरमा रहेका नेपालीले त्यहाँका सांसदसँगै तीज मनाएका छन् । त्यहाँ रहेका नेपालीहरुको अगुवाइमा भएको सामूहिक तीज कार्यक्रममा न्यू इंग्ल्याण्ड क्षेत्रका सांसद अड्याम मार्शल र स्थानीय पत्रपत्रिकाका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सांसद मार्शलले नेपाली समुदायको संस्कृति सर्म्वर्द्धन गर्न आफू सदैव तयार रहेको बताए । उनले अस्ट्रेलिया सरकार पनि बहुसांस्कृतिक मूल्य मान्यताको पक्षमा रहेको जानकारी दिए ।
कार्यक्रममा नेपाली नारीहरूका तर्फबाट डिना राईले अतिथिहरूलाई तीजको महत्वबारे प्रकाश पारिन । केशव तिम्सिनाले आर्मिडेलमा नेपाली समुदायको इतिहास र वर्तमानबारे चर्चा गरेका थिए ।
न्यू इंग्ल्याण्ड विश्वविद्यालय रहेको सेरोफेरोमा रहेको आर्मिडेलमा नेपाली विद्यार्थीको चाप अहिले हृवात्तै बढेको छ । नेपालीहरुको बढ्दो जनसंख्या, तिनका समस्या, अवसर र सांस्कृतिक आवश्यकतालाई मध्यनजर गर्दै अहिले नेपालीहरू आर्मिडेलमा औपचारिक संस्था दर्ताको पहलमा समेत लागेका छन् ।