• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   हार्दिक पाण्ड्यासँग किन रिसाए मालिंगा ? ★   शौचालयमा मृत भेटिइन् डा प्रतिभा ★   जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव ★   आजको आईपीएल: घरेलु मैदानमा कोलकातामाथि जितको खोजिमा बेंगलुरु ★   दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु ★   नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठायौँ: सभामुख घिमिरे ★   चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल ★   सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ३० हजार पुग्यो ★   व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय ★   आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री

महोत्सव तताउन कलाकारहरु सिड्नीमा



सिड्नी । अष्ट्रेलियाको सिड्नीमा हुने नेपाल फेष्टिबलमा सहभागी हुन नेपाली कलाकारहरु सिड्नी पुगेका छन् । महोत्सव आउन तीन दिनमात्रै बाँकी रहँदा कलाकारहरु सिड्नी पुग्न सुरु गरेका हुन् ।
सेप्टेम्बर ६ मा तारिखमा आयोजना हुने नेपाल फेष्टिबलमा उनीहरुले गीतसंगितमार्फत मनोरञ्जन दिनेछन् । आज मात्रै नेपाली गायकहरु अनिल सिंह र शिरिष देबकोटा सिड्नी पुगेका छन् ।
आज सिड्नी पुगेका सिंह र देबकोटालाई एनआरएन अष्ट्रेलियाका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । अर्का गायक निमा रुम्बा भोलि विहीबार पुग्ने गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले जनाएको छ । उनी अमेरिकाबाट महोत्सवलाई थप रौनक दिन सिधै अष्ट्रेलिया जान लागेका हुन् । एक खुट्टाले नाच्ने कलाकार रोमा न्यौपाने अष्ट्रेलियामा नै रहेकी छिन् । 

एक खुट्टाले नाच्ने कलाकार रोमा न्यौपाने

तस्वीरः एनआरएन अष्ट्रेलिया