• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

नेपाल फेष्टिबलको उद्घाटन आज



सिड्नी । अष्ट्रेलियाको सिड्नीमा नेपाल फेष्टिबल आज हुँदैछ । लामो समयको प्रतिक्षा र तयारीपछि नेपाल फेष्टिबल सुरु हुन लागेको हो ।
गैर आवासीय नेपाली संघ, एनआरएन अष्ट्रेलियाको आयोजनामा हुन लागेको महोत्सवले सिड्नीको रौनक तातेको छ । विहान केहीबेर हल्का वर्षा भएपनि सिड्नीको जलवायु तथा मौसम पूर्वअनुमान विभागले मध्यान्ह १२ बजे देखि सिड्नीको आकाश खुला हुने घोषणा गरेको छ ।
सिड्नी सहित अष्ट्रेलियाको विभिन्न ठाउँमा रहेका नेपालीहरु नेपाल फेष्टिबल आयोजना गरिएको डार्लिङ् हार्वरस्थित तुम्लिङपार्क तर्फ केन्द्रीत हुन थालेका छन् ।
औपचारिक कार्यक्रम दिउसो तीन बजे राखिए पनि अहिले नै नेपालीहरु फेष्टिबल स्थलमा प्रबेश गर्न थालिसकेका छन् ।