• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   २९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ ★   एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह ★   एसिसी प्रिमियर कपः सेमिफाइनलमा नेपालको भिडन्त युएईसँग ★   लुम्बिनी र सुदूरपश्चिममा आज हावाहुरीको सम्भावना ★   सुदूरकाे मुख्यमन्त्री बन्दै दीर्घ सोडारी, लक्ष्मणकिशोर अदालततिर ★   च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा, कुन–कुन टिम पुगे ? ★   ८९ रनमा अलआउट हुँदै आफ्नो न्यून स्कोर बनाएको गुजरातमाथि दिल्लीले ८.५ ओभरमै खेल जित्यो ★   रोटरी क्लब अफ डामे बेल्जियमले अर्थोपेडिक अस्पताललाई सहयोग गर्ने ★   आर्सनललाई हराउँदै बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा ★   इलाम-२ उपनिर्वाचन : मिशन ८४ को ट्रेलर, प्रत्येकलाई चुनौती

झापाली समाज अष्ट्रेलियाद्धारा खेलाडीको सम्मान



सिड्नी । झापाली समाज अष्ट्रेलियाले खेलाडीको मनोवल बढाउन भन्दै झापा–११ का फुटवल खेलाडीहरुलाई सम्मान गर्ने घोषणा गरेको छ । १० सेप्टेम्बरमा काठमाडौको दशरथ रंगशालामा सम्पन्न भएको फाईनल खेलमा झापा–११ ले संकटालाई ४–० ले हराउदै एन्फा कपको उपाधी हात पारेपछि सम्मानको घोषणा गरिएको हो ।
संस्थाका अध्यक्ष दिनेश पोखरेलले एक विज्ञप्ती निकाल्दै राष्ट्रिय प्रतिभावान खेलाडीहरुको सम्मान स्वरुप नगद २ लाख ११ हजार र प्रमाणपत्रले सम्मान गरिने बताए ।
लामो समयदेखी राष्ट्रिय फूटवल खेललाई उच्च स्थानमा पुर्‍याउन झापाका खेलाडीहरुको उल्लेखनिय भुमिका रहदै आएको झापाली समाज अष्ट्रेलियाले जनाएको छ ।
राष्ट्रिय स्तरको एन्फा कप विजेता भएको झापाली–११ ले नेपालको फूटवल खेलको स्तरलाई माथी लानेमा झापालीहरुको विश्वास रहेको संस्थाका सहसचिव रुपक मैनालीले बताए । एन्फा कप जित्नु चानचुने कुरा नभएको र यस्तो खुसीको क्षणमा खेलाडीहरुलाई धन्यवादका लागि अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका अग्रज झापालीहरु दिनेश पोखरेल, कृष्ण गिरी (जगनाथ), भूपाल सिटौला, सन्तोष सिटौला, रुपक मैनाली, अशोक ओली, उमेश पोखरेल, दीपक चुडाल, अभय प्रसाई, प्रविण चौहान, मात्रिका बिमली, खिलेन्द्र तिमिल्सिना लगायतका व्यक्तिहरुले संस्थाको तर्फबाट सहयोग रकम उपलव्ध गराएका हुन् ।

केही हप्ता पछि नै दशैँ भएकाले झापामा एक विशेष कार्यक्रमको आयोजना गरेर सम्मान कार्यक्रम गरिने संस्थाका कृष्ण गिरीले अनलाइन चौतारीलाई जानकारी दिए ।
झापाको समग्र विकासमा सहयोग पुर्‍याउने उदेश्यले खोलिएको झापाली समाजले विगतका दिनबाट नै झापामा विभिन्न शीर्षकमा सहयोग पुर्‍याउदै आएको छ ।
प्रतियोगिताको पहिलो खेलमा मनाङ्गमस्र्याङदीलाई हराउदै विजयी यात्रा सुरु गरेको झापा– ११ ले सेमिफाइनलमा एपिएफ क्लवलाई हराएको थियो । प्रतियोगिता अवधि भरिनै झापा– ११ ले उत्कृष्ट प्रदर्शनी गरेको थियो ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको यो सिजनको पहिलो पटक आयोजित खेलमा एन्फा कपको उपाधि झापा ११ ले जित्न सफल भएको हो ।