• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

ठूली सिड्नीमा दोस्रो पटक प्रदर्शन हुने



सिड्नी । सिड्नीका दर्शकहरुको अनुरोधमा नेपाली कथानक चलचित्र ‘ठूली’ सिड्नीमा फेरी प्रदर्शन हुने भएको छ । दर्शकहरुले अत्यधिक माग गरेपछि ठूली दोस्रो पटक सिड्नीमा प्रदर्शन हुने भएको हो । यही आउदो अक्टोबर १८ तारिख शनिबारका दिन बेलुका ५:३० मा Hurstville को  Civic Theatre मा प्रदर्शन गर्न लागिएको अस्ट्रेलियाको लागि वितरक डाइनामिक मिडिया प्रोडक्सन र वितरण सर्भिसेज कम्पनिले जानकारी गराएको छ ।
नेपाली समाजमा विद्यमान महिलामाथीको दमन र अत्याचार माथिको यथार्थ घटनामा आधारित यो नेपाली कथानक चलचित्र ठूली लाई गत अगस्ट महिनाको २४ तारिखका दिन अस्ट्रेलियाको सिड्नीबाट पहिलो प्रदर्शन गरिएको थियो । यस चलचित्रलाई सिड्नीका दर्शकहरुले अत्यधिक मन पराएको बताइएको छ ।
नेपाली परम्परागत समाजको कुरीती विरुद्धको नारी प्रधान चलचित्र ठूलीलाई एभरेस्ट सुर्य बोहराले निर्देशन गरेका हुन ।
सिड्नीमा हुने दोस्रो प्रदर्शनको मौका पारेर यस चलचित्रका कार्यकारी निर्माता युवा ब्यबसायी सुनिल बस्नेत अस्ट्रेलियामा नेपाली चलचित्र बजारको ब्यबस्था अबलोकन, प्रबर्दन र बिकास सम्भाबनाबारे अध्ययन गर्नका निम्ति अष्ट्रेलियाको भ्रमणमा आउने भएका छन ।
ठूलीमा जिवन लुईँटेल, गरिमा पन्त, विशाल पहाडी, निला बस्नेतको साथमा बाल कलाकार कञ्चन ठकुरीको अभिनय रहेको छ।चलचित्र ‘ठूली’ मा नायिका गरिमा पन्तको भूमिका र बाल कलाकारको अभिनयले सिड्नीका दर्शकहरुको मन छोएको थियो । यस चलचित्रको मुख्य निर्माता अमेरिकामा बस्दै आएका पुष्कर पन्त हुन भने कार्यकारी निर्माता सुनिल बस्नेत रहेका छन ।