• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

रेखा भन्छिन् -मेरै लगि सलमान अझै अबिवाहित



बलीउड चर्चित नायक सलमान खानको बिहेको बिषयलाई लिएर पटक पटक बिभिन्न हंगामा भइनै रहन्छ । त्यसो त सलमानको कयैं महिलाहरुसँग अफइयर नचलेको पनि होइन तर पनि कसैसँग उनको बिहे हुने तहसम्म सम्बन्ध कायम हुन सकेको छैन । उनका फ्नमा यहि जिज्ञासा छ कि कहिले हुन्छ सलमानको बिहे भन्ने ।

यो प्रश्नले सलमानलाई कहिल्यै छोडेन ,तर उनले यसको जबाफ दिन नसके पनि सलमानको बिहे अझै नहुनुको कारण बलीउडकी सदाबहार नायीका रेखाले खुलाएकी छिन् । उनी भन्छिन् सलमान म सँग बिहे गर्न चाहन्थे । तर मेरो बिहे अरुसँगै भएपछि सलमान अझै अबिबाहित भएका हुन् । यदि म उनसँग बिहे गर्न राजी भएको भए उनको बिहे धेरै पहिले नै हुने थियो ।

रेखा यो पनि बताउछिन् की जब सलमान ४- ५ बर्षका थिए त्यति बेला उनी आफ्नो बुबाको साथ बिहान बिहान बांन्दा्र प्रदेशमा मर्निङ वाक जान्थे । त्यति बेला सलमानका बाबु मेरो पछि लागेर हैरान बनाउथे । मर्निङ वाकबाट घर फर्किएपछि सलमान आमासँग ठूलो भएपछि रेखासँग बिहे गर्ने कुरा गर्दथे । उनले ठट्टा गदै भनिन् यो बिहे अहिले सम्म भएन र त सलमान अझै कुमार छन् ।