• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo

स्पन्दन साँझमा रम्ने भए नेपाली



सिड्नी । अष्ट्रेलियामा रहेका नेपालीहरु फेरी अर्को सांस्कृतिक कार्यक्रममा रम्ने भएका छन् । अष्ट्रेलियन नेपाल पब्लिक लिङ्कको आयोजनामा हुने कार्यक्रममा त्यहाँ रहेका नेपालीहरुले रम्ने अवसर पाउने भएका हुन् ।
नेपालको काठमाडौमा रहेका दुःखी, रोगी र असाहायहरुको सयोगार्थ अष्ट्रेलियामा स्पन्दन साँझ कार्यक्रम गर्न लागिएको हो ।
नोभेम्बर २२ तारिख शनिबारका दिन पिटर्सम स्थित १०७ क्रिष्टल स्ट्रेटमा रहेको पिटर्सन टाउन हलमा कार्यक्रम हुने भएको छ । कार्यक्रममा नेपालमा लोकगीतको क्षेत्रमा हाल सर्वाधिक चर्चामा रहेका पशुपति शर्माका साथै केकी अधिकारी र सुनिता दुलालको प्रस्तुती रहनेछ ।
कार्यक्रममा स्थानीय कलाकारहरुले पनि विभिन्न प्रस्तुती दिने भएका छन् ।
कार्यक्रममा सहभागिताका लागि सहयोगार्थ ३० अष्ट्रेलियन डलर तय गरिएको आयोजकले जनाएको छ ।