• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

२० दिनमै छायांकन सक्यो ‘होस्टेल रिटन्स’ले



फ्लोर ज्वाइन गरेको २० दिनमा ‘होस्टेल रिटन्स’ले आफ्नो छायांकन सकेको छ । पछिल्लो समय चलचित्र क्षेत्रमा सम्भावना बोकेको नया कलाकार भित्र्याउन माहिर मानिएका निर्माता तथा कलाकार सुनिल रावलले यस चलचित्र मार्फत पनि नयाँ अनुहारलाई डेब्यु गराउदै छन् ।

पहिलो चलचित्र ‘शायद’ देखि ‘होस्टेल’ हुदै ‘होस्टेल रिटन्स’ सम्म आइपुग्दा सुनिल राम्रा चलचित्र बनाउन र चलाउन जान्ने निर्माताको रुपमा परिचित भैसकेका छन् । उनको पहिलो र दोस्रो चलचित्रले दर्शकको मन जित्नुको साथै मुनाफा पनि आर्जन गरेका थिए । उनको तेस्रो प्रोजेक्ट ‘होस्टेल रिटन्स’ कस्तो हुने हो अहिले बाटै चासोको बिषय बनि सकेको छ ।

सिभिल इन्जीनियर पढ्ने बिधार्थीको कथामा निर्मित ‘होस्टेल रिटन्स’को छायांकन बुटवलमा गरिएको छ । दुर्गिस फिल्म्सको ब्यानरमा निर्मित यस चलचित्रलाई ‘मौन’ निर्देशक सुरज भुषालको निर्देशन रहेको छ । चलचित्रमा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तीमा खड्का, निर्मल शर्मा, सुदाम सीके, प्रदिपकुमार चौधरी, इभास जोशी, रमेश श्रेष्ठ लगायतको अभिनय रहेको छ । चलचित्रलाई आगामी बैशाखमा प्रदर्शनमा ल्याउने निर्माण पक्षको तयारी रहेको छ ।