• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

पर्वतमा संस्था खोल्छु, अपाङ्गहरुलाई चिनिया भाषा सिकाउछु



धनुषाको परवाह गाँउमा २०३६ सालमा जन्मिएका डा. राजिव झा चिनिया सरकारको छनोटमा विश्वका उत्कृष्ट सय प्रतिभामा पर्ने एकमात्र नेपाली हुन् । उनी काठमाडौं विश्वविद्यालय धुलिखेलबाट विक्रम सम्वत् २०५३ मा विज्ञान संकायतर्फ प्रमाणपत्र तहको अध्ययन पूरा गरी एम.बि.बि.एस अध्ययनको लागि चीन गएका थिए । डा. झाले सियान च्याउथङ्ग यूनिभर्सिटीको मेडिकल कलेजबाट विद्यावारिधि गरेका छन् । पी.एच.डी गरिसकेपछि उनले सोही कलेजमा ‘इन्टरनेशनल योङ्ग साईन्टिष्ट’को रुपमा १ वर्ष काम गरिसकेका छन् । त्यसपछि उनलाई सान्सी गभर्नमेन्टले ‘हन्ड्रेट ट्यालेन्ट’मा छनोट गरी सियान मेडिकल यूनिभर्सिटीमा पठाइदिएको छ । त्यहाँ अहिले उनी क्यान्सरको गहन अनुसन्धानमा लागेका छन् । पाटन स्वास्थ्य विज्ञापन प्रतिष्ठानको एक कार्यक्रममा सहभागी हुन नेपाल आएको मौका पारी अनलाईनचौतारीले डा. झासँग गरेको कुराकानी सम्पादित अंश प्रस्तुग गरिएको छ ।

दोश्रो आर्थिक महाशक्ति राष्ट्र चीनको छनोटमा विश्वका सय उत्कृष्ट प्रतिभाभित्र पर्न सफल भएलगत्तै तपाईले कस्तो महशुस गर्नुभयो ?

मेरो लागि खुशीको विषय हो । यति मात्र होइन, देशकै लागि पनि यो एउटा गर्वको कुरा हो । किनकि चीनको ‘हन्ड्रेड ट्यालेन्ट’ प्रोजेक्टमा एकजना नेपाली पनि चयन भएको छ ।  यो विषयलाई राज्यले के कस्तो ‘रेस्पोन्स’ गरिरहेको छ ?
राज्यले चाहिँ यो कुरा थाहा नपाएजस्तो गरेको छ । अहिलेसम्म कुनै रेस्पोन्स देखेको छैन । मेरो क्षमतालाई चीनजस्तो देशले यत्रो सम्मान दियो तर मेरो आफ्नै देशले कुनै चासो दिएन । अलिकति दुख लागेको छ । राज्यको यस्तै व्यवहारको कारण हाम्रोमा ‘प्रतिभा पलायन’को समस्या देखिएको हो ।

अनि यहाँका राजनीतिक दल र तिनका नेताहरुको के कस्तो प्रतिक्रिया पाउनुभयो ?

नेकपा एमालेका अध्यक्ष कामरेड केपी ओली र एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई बाहेक अरु कुनै पनि नेताले रेस्पोन्स गरेका छैनन् । केपी ओली कामरेडले पार्टीकै तर्फबाट ‘एप्रिशियसन लेटर’ दिनुभयो । घरमै बोलाएर भेटघाट गर्नुभयो ।
‘हन्ड्रेड ट्यालेन्ट’मा पर्नुमा तपाईको क्षमताका अलावा यहाँको राज्यको तर्फबाट केही पहल थियो कि ?

मैले भनिहालेँ नि यो विषय राज्यलाई थाहा छ कि छैन भन्ने कुरा थाहै छैन भनेर । यसमा राज्यको कुनैपनि पहलकदमी थिएन । विशुद्ध मेरो आफ्नै क्षमताले काम गरेको हो । म विगत १९ वर्षदेखि चीनमै अध्ययनरत छु । नेपालमा विज्ञान संकायबाट प्रमाणपत्र तह उत्तीर्ण गर्नासाथ मेडिकल पढ्न चीन गएको थिएँ । त्यहीँबाट पीएचडी गरेँ । अहिलेपनि चीनमै अनुसन्धानरत छु ।

अब अलिकति प्रसंग बदलौं, क्यान्सर अनुसन्धानमा विद्यावारिधि गरेको एउटा प्रतिभाशाली डाक्टर स्वदेश फर्किएर विरामीको सेवा गर्नुपर्ने आवश्यकता देख्नुहुन्न ?

यसमा मेरो अलिकति फरक बुझाई छ । नेपालमा के छ भने डाक्टरी पढाई पूरा गरिसकेपछि अस्पतालमा विरामी जाँच्ने काम मात्र गर्नुपर्छ भन्ने सोचाई हावी छ । अध्ययन अनुसन्धानको कामतिर लाग्ने सोचाई खासै पाइँदैन । मेरो लक्ष अस्पतालमा विरामी जाँच्ने र उनीहरुको उपचार गर्नेमा सीमित छैन । म जटिल रोगहरुको कारण र तिनको निवारणको लागि नयाँ नयाँ उपायको अनुसन्धानमा क्रियाशील हुने सोचेको छु ।

यो काम चीनमै बसेर गर्ने कि नेपाल फर्किएर ?

म चीनमा अहिलेपनि अनुसन्धानकै काममा क्रियाशील छु । नेपाल फर्केपछि पनि सोही कार्यलाई निरन्तरता दिने सोचेको छु । 

नेपाल कहिले फर्कने ?

यो चाहिँ अहिले भन्न सकिँदैन । ‘हन्ड्रेड ट्यालेन्ट’ प्रोजेक्ट अन्तरगतको काम सकिएपछि यसवारे निर्णय गर्छु । अनुसन्धानको काम हो, एक वर्षमा सकिनपनि सक्छ, १० वर्ष पनि लाग्नसक्छ । यस्तो विषयमा तोकेर भन्न सकिन्न ।

चीनको मेडिकल शिक्षा र नेपालको मेडिकल शिक्षामा के कस्तो अन्तर पाउनुभयो ?

नेपालको मेडिकल शिक्षा वारे म त्यति जानकार छैन । तैपनि सामान्य रुपमा बुझे अनुसार हाम्रो शिक्षाले अध्ययन अनुसन्धानको पक्षमा त्यति जोड नदिएको हो कि जस्तो लाग्छ । तर चीनको मेडिकल शिक्षामा त्यस्तो छैन । त्यहाँ त औपचारिक अध्ययन पूरा भएपछि सम्बन्धित विषयमा थप अध्ययन अनुसन्धानको कामलाई निकै प्राथमिकतामा राखिन्छ । स्वास्थ्ये क्षेत्रमा नयाँ नयाँ अनुसन्धानबाट नयाँ नयाँ कुरा पत्ता लगाउने कार्यलाई प्राथमिकता दिइन्छ । यसमा सरकारले प्रशस्त लगानी गर्छ ।

तपाईको यसपालीको नेपाल भ्रमण कस्तो रह्यो ?

नेपाल भ्रमण अब भनौं केही हदसम्म सफल नै रह्यो । पाटन अस्पतालको बैठकमा डेढ घण्टाजति सहभागी भइयो । चीनको शियान मेडिकल यूनिभर्सिटी अन्तरगत स्कुल अफ क्लिनिकल मेडिसिनका डीन ऊ गे आउनुभएको थियो । उहाँलाई मैले त्यो बैठकमा लगेको थिए । पाटन अस्पतालले सवै व्यवस्थापन गरेको थियो । पाटन अस्पतालको व्यवस्थापकीय पक्षप्रति उहाँ खुशी हुनुहुन्छ । चीनबाट पढेर आएका प्रोफेशरहरुले राम्रो म्यानेज गर्नसक्छन् भन्ने कुराको उदाहरण पनि हो । त्यसको लागि प्राध्यापक डा. जयनारायण शाहलाई धन्यवाद दिन्छौं । उहाँले चीनको नाम राख्नुभयो । त्यसपछि हामी मनमोहन मेडिकल कलेज गयौं । प्राइभेट हस्पिटल भएर पनि त्यसको व्यवस्थापन र भिजन प्लान राम्रो देखयो । हस्पिटल र कलेज दुवै हे¥यौं । दुवै राम्रो लाग्यो ।

भ्रमणको क्रममा राजनीतिक दलका नेताहरुसँग पनि भेटघाट भयो कि ?

हो, मेरो मेरो अरु पनि केही उद्देश्य थिए । भोलि म नेपाल आएर केही गर्न चाहेको खण्डमा राजनीतिक क्षेत्रबाट सहयोग पाउछु कि पाँउदिन भन्ने विषयमा पनि केही सोध्नु थियो । एमाले अध्यक्ष केपी ओलीले मलाई समय दिनुभयो । उहाँसँग सोधेँ । उहाँे सहयोग गर्ने बचन दिनुभयो । देशकै तर्फबाट पनि सहयोग हुने आश्वासन दिनुभयो । डेढ वर्षअघि आइक्याप मिटिङ्गमा शियान जाँदा मैले पढ्ने कलेज अवलोकन गर्नुभएको थियो । उक्त कलेजबाट कामरेड ओली प्रभावित पनि हुनुभएको थियो । स्वास्थ्ये क्षेत्रलाई प्रवद्र्धन गर्ने काममा उहाँ निरन्तर लागिरहेको मैले पाएको छ । मैले अरु पार्टीका नेताहरुसँग पनि समय मागेको थिँए । तर उनीहरुले समय दिएनन् । दिएको भए म उहाँहरुसँग पनि केही सोध्ने थिँए ।

मेडिकल क्षेत्रको वैज्ञानिक अनुसन्धानका अतिरिक्त नेपालमा अरु केही काम गर्ने सोच्नु भएको छ कि ?

मैले पर्वत जिल्लामा अपाङ्गहरुको लागि एउटा एनजिओ खोल्ने सोचेको छु । त्यस मार्फत अपाङ्गता भएकाहरुलाई चिनिया भाषा पढाउने, कम्प्युटर शिक्षा दिलाउने लगायतका सीप सिकाएर उनीहरुको स्वाभिमानी जीवन बनाउने उद्देश्य राखेको छु । पार्वती डिसएवल एशोशियसन नामको एक संस्था बनाउन खोज्दैछु । यसमा चीन सरकारबाट पनि मैले राम्रो सहयोग पाउछुजस्तो लाग्छ ।

नेपाल र चीन बीचमा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउन के गर्नुपर्छजस्तो लाग्छ तपाईलाई ?

हामीले चीनको संस्कृति बुझिसक्या छैनौं र चीनले पनि नेपालको संस्कृति बुझिसक्या छैन । जबसम्म दुवै देशले एक अर्काका साँस्कृतिक रीति रिवाजहरु बुझ्न सक्दैनन तवसम्म दुई देशबीचको सम्बन्ध विकासमा युद्धस्तरमा काम हुनसक्दैन ।
मेरो उद्देश्य केहो भने कसरी नेपालका जनतालाई आत्मनिर्भर बनाउने खालको कन्सेप्ट दिने ? राजनीतिको मात्र कुरा नगरौं, त्यस बाहेक शिक्षा, व्यापा–व्यवसाय, समाजसेवा आदि क्षेत्रबाट पनि काम गर्न सकिन्छ ।

तपाई स्वास्थ्ये अनुसन्धाता मात्र नभएर विश्लेषक समेत हुनुहुन्छ, यस हिसावले भन्दिनोस् कि नेपालमा संघीय संरचनाका विषयमा चलेको बहसलाई चीनले कसरी हेरिरहेको छ ?

माफ गर्नुहोला, मैले यस वारे धेरै जानकारी लिएको छैन र बोल्न पनि मिल्दैन । तर अलिअलि कुरा बुझ्दा चीन नेपालमा प्रदेशहरुको संख्या सकेसम्म थोरै होेस् भन्ने चाहना राख्दछ ।