• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को फिल्म के हुन्छ थाहा छैनः अनमोल… ★   अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छ: उद्धव थापा ★   रामहरि श्रेष्ठको हत्या प्रकरण: खाम पक्राउ परेपछि थ्रेट आयो-रमिला श्रेष्ठ ★   सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीले गरे दाबी पेश ★   पीडित श्रेष्ठ परिवारसँग भेटेपछि गृहमन्त्रीले भनेः व्यक्ति नभई मुलुक, व्यवस्था र जनता जोगाउन काम गर्दैछु ★   सांसद डा शर्माद्वारा बाल अस्पताललाई रु २० लाख सहयोग ★   नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण ★   रासस र कतार न्यूज एजेन्सीबीच समाचार आदानप्रदानबारे छलफल ★   काठमाडौँ महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड ★   नेप्से परिसूचकको ओरालो यात्रा जारी

महोत्सवको तयारी पुरा, तालिका सार्बजनिक



मेलवर्न । अष्ट्रेलियाको मेलवर्नमा हुने नेपाल फेष्टिबलको तयारी पुरा भएको छ । नोभेम्बर एक अर्थात् भोलि सुरु हुने नेपाल फेष्टिबलको तयारी पुरा भएको हो । नेपालको पर्यटन प्रबद्र्वन र लगानीका अवसरहरु सिर्जना गर्ने उद्देश्य सहित सुरु हुन लागेको फेष्टिबल नोभेम्बर एक तारिखमा सुरु भई दुई तारिखमा सकिनेछ ।
फेष्टिबलको पहिलो दिन कार्यशालाको आयोजना गरिएको छ भने दोस्रो दिन सांस्कृतिक महोत्सवको आयोजना समेत गरिएको छ ।
महोत्सवमा सहभागी हुने पाहुनाहरुका लागि विशेष सत्कारको व्यवस्था गरिएको छ । महोत्सवको उद्घाटन अष्ट्रेलियाका लागि नेपाली राजदुत रुद्रकुमार नेपालले विहान १०ः१० बजे गर्नेछन् । विहान साढे नौ बजे नै सहभागीहरुबीच अनौपचारिक परिचयका साथै चियापानको कार्यक्रम राखिएको छ ।
कार्यक्रममा नेपाल फेष्टिबल अष्ट्रेलियाका कोर्डिनेटर तथा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष ऋषि कडेलले स्वागत मन्तव्य राख्ने भएका छन् ।
कार्यशालाका बारेमा वर्कसप कमिटिका अध्यक्ष डा. राजु अधिकारीले प्रष्ट पार्नेछन् ।
कार्यक्रमको पहिलो सत्र अन्तर्गत नेपालको पर्यटन प्रबद्र्वन र लगानीका अवसरहरुका बारेको अन्तक्र्रियाको अध्यक्षता राजदुत नेपालले गर्नेछन् ।
उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ एनआरएनका अध्यक्ष शेष घलेले नेपालमा गैर आवासीय नेपालीहरुको लगानीका बारेमा धारणा राख्नेछन् ।
यस्तै, क्यापकन अष्ट्रेलियाका अध्यक्ष डा. किरण थापाले नेपालको हाउजिङ क्षेत्रको लगानीका बारेमा धारणा राख्नेछन् ।
एक तारिखकै दोस्रो सत्रको अध्यक्षता एनआरएनका अध्यक्ष शेष घलेले गर्नेछन् । उक्त सत्रमा नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा लगानीका बारेमा सिएसआइआरओ म्यानुफ्याक्चरिङ फ्ल्यागसिपका डा. फिल क्याजीले धारणा राख्नेछन् ।
साथै नेपालको पूर्वाधारमा लगानीको नीति र प्राथमिकताहरुका बारेमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष कुशकुमार जोशीले हेटौंडा सुरुङ मार्गको उदाहरण सहित धारणा राख्नेछन् । यसैगरी ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानीका प्रबृत्तिहरुका बारेमा अवधारणा पेश गर्नेछन् ।
नेपाल टेलिभिजनका निर्देशक नीरविक्रम शाहले नेपालको पर्यटन क्षेत्रका बारेमा अनभव आदानप्रदान गर्नेछन् ।
महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि राखिएको छ । नेपालबाट महोत्सवका लागि पुगेका कलाकार मिलन लामाले उपस्थित सहभागीहरुलाई मनोरञ्जन दिनेछन् ।
अतिथिहरुको मन्तव्यका बीच बीचमा कलाकारहरुको प्रस्तुती रहने भएको छ ।
आइतबार साँझ ६ बजे देखि १० बजेसम्म सांस्कृतिक कार्यक्रम भएसँगै महोत्सव समापन हुने नेपाल फेष्टिबल मेलवर्नका संयोजक ऋषि कडेलले अनलाईन चौतारीलाई बताए ।