• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई स्काइवाक टावरमा छुट ★   निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री ★   के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो? ★   स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल ★   एक खेल अगावै नेपाल समूह विजेता, सेमिफाइनलमा युएईसँग खेल्ने सम्भावना ★   जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै ★   राजनीतिक स्थितिको प्रभाव कानुन निर्माणमा छ: अध्यक्ष दाहाल ★   काश्मिरमा डुङ्गा डुब्दा छ को मृत्यु, अझै धेरै बेपत्ता ★   १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना: प्रधानमन्त्री ★   बरिष्ठ गजलकार प्रकट पंगेनी ‘शिव’ को निधन

मेलवर्नमा सुरु भयो नेपाल महोत्सव २०१४



मेलबर्न । नेपाल महोत्सव २०१४ को मेलबर्न संस्करण आज (शनिबार) सुरु भएको छ ।
महोत्सवको पहिलो दिन आज मेलबर्नको होटल RYDGES मा नेपालको पर्यटन र लगानीको सम्बन्धमा कार्यशाला आयोजना गरिएको छ ।
कार्यशालामा नेपालको पर्यटन विकासमा कस्तो योगदान गर्न सकिन्छ र विदेशी नागरिकलाई नेपालको भ्रमण गर्न प्रोत्साहित गर्ने उपायका विषयमा छलफल हुनेछ । कार्यशालामा अष्ट्रेलियामा रहेका विज्ञहरुका साथै नेपालबाट आएका विभिन्न व्यक्तित्वहरुले अवधारणा प्रस्तुत गर्ने कार्यक्रम छ ।
महोत्सवमा सहभागी हुन नेपालबाट नेपाल उद्योग वाणिज्इ महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी लगायतका व्यापारी र व्यवसायीहरु मेलवर्न आएका छन् ।
महोत्सवमा एनआरएनआईसीसीका अध्यक्ष शेष घले, भिक्टोरियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली लगायत अष्ट्रेलियामा रहेका अन्य सफल व्यवसायीहरु सहभागी हुनेछन् । कार्यक्रममा सहभागी हुन र पर्यटन प्रर्बदनका बारेमा अनुभव साट्न नेपाल टेलिभिजनका अध्यक्ष एवं कलाकार नीर शाह पनि मेलबर्नमा छन् ।
आज कार्यशाला सकिएपछि गाला डिनरको आयोजना गरिएको छ ।
महोत्सवको आकर्षणका रुपमा आइतबार मध्यान्ह पञ्चेबाजाको साथमा परेड गरिनेछ । परेड स्टेट लाईब्रेरीबाट कार्यक्रमस्थल फेडरेशन स्क्वायरसम्म हुने कार्यक्रम छ ।
फेडेरेशन स्क्वायरमा नेपाली कला संस्कृतिलाई अष्ट्रेलियन समाजमा चिनारी दिनका निम्ति विविध सांस्कृतिक कार्यक्रमका साथ फुड फेष्टिभलको आयोजना समेत गरिने भएको छ ।
अपरान्ह ४ बजेदेखि औपचारिक कार्यक्रम हुनेछ । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले आफ्नो मन्तव्य राख्नेछन् भने बीच बीचमा विभिन्न सांस्कृतिक प्रस्तुतीको कार्यक्रम समेत राखिएको छ ।
साँझ ६ बजेदेखि राती १० बजेसम्म भने कन्सर्ट आयोजना गरिने नेपाल फेष्टिबल मेलवर्नका संयोजक ऋषि कँडेलले अनलाइन चौतारीलाई जानकारी दिए ।
कन्सर्टमा दर्शकहरुलाई मनोरञ्जन दिन नेपालबाट सविन राई, मिलन लामा लगायतका कलाकार मेलवर्न आएका छन् भने स्थानीय कलाकारको आकर्षक प्रस्तुति समेत रहने भएको छ ।
यसअघि अष्ट्रेलियाको सिड्नी र पर्थमा नेपाल फेष्टिबल भव्य रुपमा सम्पन्न भैसकेको छ ।